अर्जुन शर्मा, चौतारा, भदौ ११ ।
जुगल गाँउपालिका वडा नंं. २ लिदीमा गएको पहिरोबाट विस्थापीत भइ हाल जुगल गाँउपालिका वडा नंं. १ सेलाङ बाँसखर्कमा स्थानान्तरण भइ आएका ३१ जनाको स्वाब नमुना संकलन गरिएको छ ।
पहिरोपछि उक्त स्थानमा बिभिन्न मानिसहरु आएको र कोरोनाको संक्रमण फैलन सक्ने हुँदा उनिहरुको कोरोना परिक्षणको लागि स्वाव संकलन गरिएको जुगल गाँउपालिका वडा नं. २ का वडाध्यक्ष प्रताप लामाले जानकारी दिनुभएको छ ।
पहिरोले बिचल्नी बनाएको यस अबस्थामा अर्को माहामारी फैलियोस भन्ने हेतुले पहिलो चरणमा एक घरका वढीमा एक व्यक्ति पर्ने गरि स्वाब संकलन गरिएको हो । उनीहरुको नतिजा आएपछि त्यसकै आधारमा अन्यको स्वाल लिने नलिने भन्ने निर्णय हुनेछ वडाध्यक्ष लामाले भन्नुभयो ।
स्वास्थ्य कार्यालय चौताराका खोप अधिकृत पार्थमणी न्यौपाने नेतृत्वमा गएको टोलिले ३१ जनाको नमुना स्वाव संकलन गरेको हो । वडा कार्यालयले पठाएको प्रतिनिधिमुलक नामावली अनुसार नै स्वाब नमुना संकलन गरिएको खोप अधिकृत न्यौपानेले बताउनुभएको छ ।
अब सो क्षेत्रमा राहत वा सहायता सामाग्री वितरण गर्न चाहनेले प्रभावित क्षत्रमा नपुगि स्थानीय तहको समन्वयमा गठीत राहत वितरण समितीलाई हस्तानतरण गरिने व्यवस्था मिलाइने भएको छ । विहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितीको बैठकले यस्तो निर्णय गरेको हो ।