कर्मचारीलाई कोरोना प्रभावित स्थानमा आवत–आवतमा रोक

मेलम्ची, भदौ १५ ।

मेलम्ची नगरपालिकामा नगस्तरीय कोरोना विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । 


नगर प्रमुख डम्बर अर्यालको संयोजकत्वमा बसेको बैठकले महत्वपुर्ण पाँच निर्णय गरेको छ । आजको बैंठकले नगरपालिकाका कर्मचारीलाई काठमाडौँ वा कोरोना प्रभावित स्थानमा आवत–जावतमा रोक लगाउने निर्णय गरेको छ । 

अति आवश्यक काममा जानै परेमा व्यक्तिगत सुरक्षाको मापदण्ड अपनाएर जाने र फर्किएपछि दुई हप्ता होम क्वारेन्टिन तथा संस्थागत क्वारेन्टिनमा ा बस्न लगाउने निर्णय भएको छ । बैठकले प्रभावित जिल्लाबाट मेलम्ची प्रवेशका नाकामा कडाइका साथ रोक लगाउने र अतिआवश्यक काम परेर आउनेलाई होम क्वारेन्टिनमा बस्नका लागि वडा कार्यालयमा जिम्मा लगाउने निर्णय भएको छ । 

त्यस्तै यही भदौ ९ गतेको निर्णयअनुसार नै बजार खुल्ने र बिक्री वितरण गर्ने निर्णयलाई यही भदौ १७ गतेसम्म यथावत रहने निर्णय भएको नगर प्रमुख अर्यालले जानकारी दिनुभयो ।

, ,