आमाबुबा दुबैलाई भगवानको रुपमा हेर्न सक्नुपर्दछ

नेत्रबहादुर बस्नेत 

आज बुबाको मुख हेर्ने दिन रे बुबा हुने छोराले आफ्ना बुबालाइ राम्रा राम्रा र मिठा खानेकुरा दिएर मुख हेर्ने गर्दछन भने  नहुनेले   गोकर्ण लगायत बिभिन्न स्थानमा गएर सम्झना गरि दान गर्ने श्राद्ध गर्ने गर्दछन ।

आज कुशे औंसी को दिन कुशे औसी तथा आजैको दिनलाइ बुवाको मुख हेर्ने औंसी भन्ने चलन रही आएको छ ।आज औसीको दिन पिताको सम्मान, संझना अनि विशेष समर्पण गर्ने दिन भनेर परम्परा देखी  मान्दै आएको पाइन्छ  ।

बिस्तारै बिस्तारै अब जन्मको महत्व र बुबाको महत्वलाइ समाजले फरक ढङ्गले हेर्न थालेको छ । आफुलाइ पालन पोषण गर्ने बुबा आमाले गरेका दुख सँम्झनालाइ  भन्दा पनी आफ्नो  शौखिनतालाइ बढी प्रथमिकता दिन थालेको हाम्रो समाजलाइ एक पटक फेरी लबुबाको महत्वका बारेमा जानकारी गराउँन पर्ने र बुबाको बोझलाइ सक्रयि गराउँन पर्ने खालका क्रीयाकलापहरु अगाडी बढाउान पर्ने भएको छ ।

हो  केही ब्यक्तीहरको मनमा होला बुबाले  भन्दा आमाले हामीलाइ यो धर्तीमा ल्याउँनका लागी धेरै दुख भोग्न परेको छ ।  धर्म सत्य पनी हो १०, १० महीना सम्म  पेटमा राखेर पृथ्बीमा सन्सार देखाउँने आमाले धेरै कष्ट भोगेको हुन्छ । तर बुबाले  पनी यसमा  ठुलो कष्ट भोगेको हुन्छ । जन्मीए पछी शिक्षा ,  दिक्षा , खानपानमा र  दैनिकमिा हेरचाह गर्ने दाइत्व दुबैमा रहेको हुन्छ ।

अहिले केही ब्यक्तीहरुले ब्यस्तताका नाममा  बुवा आमाहरुलाई बृद्धाश्रममा राख्ने, समय र श्रोतका अभावमा हेला गर्ने अनि झर्को फर्को मान्ने चलनहरु बढेर गइरहेको देखीन्छ । यो पृथ्बी गोलो छ भने पृथ्बी घुमिरहन्छ त्यसै गरि हाम्रो जिबन पनी घुमी रहन्छ । आज साना छौ भोली हामी पनी बुबा अथवा आमा बन्छौ यसरी बिहान दिउसो सँगै राती हुन्छ ।

फेरी बिहान हुन्छ  हामी पनि एकदिन वूवा या आमा हुन्छौं तसर्थ हामीले जे गर्छाैं  आफ्ना छोरा छोरी ले पनी त्यही सिकेका हुन्छन र त्यही गर्छन । यो चक्र घुमि नै रहन्छ । हामीले  यस अघी आमाको मुख हेर्ने दिनमा पनी आमा प्रती श्रद्धा र सुमन चढाएका छौ । 

जन्म दिने आमा बुबा पछी कर्म दिने गुरुको पनी हामीले सम्मान पुजा गर्ने गरेका छौ । हामीले आमाको मुख हेर्ने दिनमा आमाको खुशकिा लागी सके सम्म आमालाइ मन पर्ने खानेकुरा खुवाएर वा चढाएर आमाको मुख हेर्ने  चाड मनाइ सकेका छौ भने गुरु पुर्णिमा पनी मनाइ सकेका छौ , आज हामी बुबाको मुख हेर्ने दिन पनी चाड कै रुपमा मनाउँदै छौ ।

आफ्नो बुवाको माया गर्न धर्मले पक्कै बाँधेको छैन्, समयले छेकेको छैन् अनि भूगोलले स्नेह र सम्झनालाई कैद गर्न सक्दैन, हिउँको कठ्यांग्रीदो चिसो ठन्डीमा हुनुहुन्छ, हावा हुरि बतासमा हुनुहुन्छ, मरुभुमीको गर्मीमा हुनुहुन्छ, समुन्द्र तटमा हुनुहुन्छ या नेपालमै अवसरहरुसँग पैंठेजोरी खेल्दैहुनुहुन्छ, जन्म दिने बुवालाई एकफेर खुशीसाथ स्मरण गरौं, वहाँलाई आफूले माया गरेको कुरा आफ्ना अनन्यहरूलाई जानकारी दिउँ र एकफेर वाल्यकालका यादहरु सम्झेर मुस्काउन लागी परौ ।

जुनसुकै धर्म या सम्प्रदायका भएपनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौं र त्यसरी ताते ताते गरेर हिंड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने हाम्रा बुवा लाइ मान्न र सम्झना गर्न कुनै काँडाहरुले पनी छेकेको छैन होला  “यी छोराछोरी बढ्लान, कमाई गर्लान,आफु  भन्दा बुद्धीजिबी  होलान  भनेर हरेक आमाबावुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन । 

कसैले पनी आफुले जन्माएको छोरा छोरी बिग्रीयोस भन्दैनन , अहिलेको समाजमा  केही यस्ता छन जसले बुबा आमा भन्दा पनी प्रेम प्रेमीका ठुलो भनेर बुबा आमालाइ हेला गर्ने सके सम्म उनीहरुको नजिक नपर्ने पनी हुन थालेको छ । हामी मानीस हौ समाजमा हामी मानबिय ब्यबहार देखाउँन पनी सकिरहेका छैनो । बुबा आमा नभएको भए हाम िकसरी यो धर्तीमा आउने थियौ त्यस तर्फ कसैको सोच छैन ।

करौडौ करौडौ सघर्ष पछी मानबिय प्राण्ीको रुप लिउर आएका हामी मानीसहरुले संसारमा सबै भन्दा ठुलो सम्पती भने कै बुबा आमा हुन भनेर भुल्न पनी हुँदैन । ह सोच्नुहोस त सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरुले पछि हुर्किएर आफूलाई काम गर्न नसक्ने भएको अबस्थामा पालन पोषण गर्लान  भन्दा बृद्धाश्रममा लाँदा कती मन रुन्छ होला  । एउटा सामान्य मानव जीवन आधा राम्रो छोराछोरी बन्ने उत्कृष्ट चाहना र आधा राम्रो बुवा(आमा बन्ने अभ्यासमैं बित्छ, कर्तब्यको यो जीवन स्वरुपमा बुवा(आमाको महत्व धेरै हुन्छ ।

एउटा बच्चाले सफा र फोहोर जान्दैन, लगाएको लूगामै पनि दिशापिशाब गरिदिन्छ र ति सबै फोहोरहरुलाई सफा गर्दै बुवा(आमाले छोराछोरीहरुलाई नुहाइधुवाई गरी   सफा कपडा लगाइदिन्छन् र त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुवाआमाको ख्याल राख्दछ, माया दिन्छ अनि सम्मान पनि भन्ने आशा बाहेक अरु हुदैन  हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदम्मै सहज र सरल तरिकाले ब्याख्या गरिदिएको छ ।

कुशै औंशीका दिन पिताको भौतिक उपस्थिती हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन भने भौतिक रूपमा अस्त भइसकेका पिताहरुलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालय जस्तैः गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्र लगाएयका पवित्र तिर्थस्थल पुगेर स्थान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्दछन् ।

आजको दिनलाइ कुशे औसी भनन्छि खास गरि आजैको दिन ब्रम्हाण गुरु पुरुहीतहरुले  हरेक जजमानका घरमा  कुश लगिदिने चलन पनी रही आएको छ । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो ।कुश एउटा वैदिक सनातन हिन्दू संस्कारमा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको वैज्ञानीक महत्व पनि प्रमाणीत भइसकेको छ ।

नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । यसलाइ घरमा राख्दा नकारत्माक सोचलाइ हटाएर सकारात्माक सोचमा अगाढी बढाउँने अनी यो  कुशबाट बनाएका चिज हरु सम्झना सँगै  शुद्ध हुने बिश्वास रही आएको छ । यसरी शुद्धताको मात्र नभइ यसले धेरै खालका राम्रा फल समेत दिने बताइएको छ । आज  यहि शुद्धताको प्रतिक कुशे औसकिा दिन आफ्नो  बुबाको मुख हेर्ने दिनको रुपमा मनाइदै आएको हो ।

हामी सबैले आफना पिता प्रती सम्मान, मिष्ठान भोजन खुवाउँन आजैका दिन पखीृन पर्छ  भन्ने पनी होइन आजको दिन बिशेष दिन भएकोले यसको केही मात्रमा  भए पन िसम्झना राखिएको हो । हामी सबैले आफ्ना माता पिताको सम्मान स्याहार गर्नु पर्छ यसैमा सबेको भलो हुन्छ । 


, , , ,