सिन्धुपाल्चोकको मेलम्ची र बरुवामा गएको पहिरोमा १० को मृत्यु १ घाइते

रुपक पुरी, मेलम्ची, साउन १९ ।
अविरल वर्षाका कारण मेलम्ची बजार र बरुवामा पहिरो जाँदा १० जनाको मृत्यु भएको  छ भने १ जना गम्भीर घाइते भएका छन् । 
मेलम्ची पहिरोमा पुरिएर हराएका ८ जनाकै शव फेला परेको छ । आइतबार राति आएको पहिरोमा परेका ८ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा ७ जना विरगञ्जका र १ जना भारतिय नागरिक रहेका छन् । विरगञ्जका बर्ष ४२ का राजेन्द्र चौरासिया, ३५ बर्षिय प्रदिप र्चाैरासिया, २५ बर्षिय विक्रम थिंग, २३ बर्षिय मान बहादुर रुम्बा, २० बर्षिय सिमन घ्लान, २१ बर्षिय शिव बालक धामि, १७ बर्षिय सोनाम लामा र १ जना भारतिय नागरिक राजेन्द« चौधरी को मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का एक जना भारतिय नागरिक बारु शहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि हेलिकप्टर मार्फत ह्याम्स अस्पताल काठमाडौं पठाइएको छ ।
यसैगरी अबरिल बर्षा सँगै आएको पहिरोले पाँचपोखरी थाङ्पाल गाँउपालिका २ बरुवामा एक घर पुरिदा २ जनाको मृत्यु भएको छ । बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञ बहादुर क्षत्री बन्जरा को घर पुरिदा अन्दाजी बर्ष ४९ का उहाँकोे र अन्दाजी बर्ष ४८ का उहाँको श्रीमती लक्ष्मी क्षत्री बन्जराको मृत्यु भएको वडा अध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो । 
उहाँहरुका दुई छोरी, एक छोरा छन् । छोरा काठमाडौं एक छोरी विदेशमा भने अर्की एक छोरी हजुरबुवाको घरमा बसेकाले सुरक्षित छन् ।
गएरातिको पहिरोले गाउँपालिकाका वडा नम्बर १, २, ३, ६, ७ र ८ मा पहिरोले ठूलो क्षति पुर्याएको अध्यक्ष टासी लामाले बताउनुभयो । ‘कसैको आँगन छैन । कसैका चौपाया पुरिएका छन्,’ उहाँले भन्नुभयो  ‘गाउँपालिकाभरि पहिरोले क्षत विक्षत बनाएको छ ।’

, , ,