बरुवाको खत्कुलो छाँगामा शव भेटियो

रुपक पुरी, मेलम्ची साउन २० । 
सिन्धुपाल्चोकको पाचँपोखरी थाङपाल गाउँपालिका २ वरुवामा एक जनाको शव छाँगामा अड्किएको अवस्थामा भेटिएको छ ।
वडा अध्यक्ष पासाङ तामाङका अनुसा बरुवाको ५५ वर्षका कामि लामाको शव फेला परेको हो ।
साउनको १९ गतेदेखि हराईरहेकोमा लामाको शव छहरे खत्कुलो छाङ्गोमा अड्रिकिएको अवस्थामा देखेपछि स्थानिय शव निकाल्न गएका थिए ।
अप्ठेरो भिरको विचको छागाँमा शव अड्र्कीएकोले निकाल्न नसकिएको स्थानियले बताएका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने मेलम्ची बाट घटनास्थल टाडाँ भएकाले तत्कालै पुग्न नसकिएको बताउदै सेना परीचालन गर्न निर्देशक आफुले दिसकेको बताउनु भयो । 
प्रमुख जिल्ला अधिकारी ढकालका अनसार सेनाको दक्ष टोलीले छागाँमा अडकिएको शव निकाल्ने छ ।

, ,