सिन्धुमा नागरिकता लगाएत जग्गा सम्बन्धी काम स्थगित

 कोरोनाको माहमारीको जोखिम बढेको  कारण सिन्धुपाल्चोकमा पनि अत्यावश्यक बाहेकका अन्य कामहरु बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय  सिन्धुपाल्चोक बाट श्रावण ३० गते शुक्रबार बिहान देखी लागु हुने गरि नागरिकता लगाएत राहदानी  बितरण तथा सघं सस्था नविकरणको कार्य केही समयका लागी स्थगित गरेको छ । यसै गरि मालपोत कार्यलय सिन्धुपाल्चोकले पनि प्रशासनिक काम बाहेक जग्गा सम्बन्धी कुनै पनि कामहरु हाललाइ स्थगित गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक र मालपोत कार्यलयले छुट्टा छुट्टै सूचना जारी गरी यस्तो जनाएको हो । जिल्ला प्रहरी कार्यलयले अत्यावश्यक काम बाहेक घरबाट बाहीर अनावश्यक हिड डुल नगर्न र गर्न पर्ने भएमा माक्स लगाई सामाजिक दुरी कायम गरेर मात्र हिड डुल गर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक  माधब  प्रसाद काफ्लेले नियम उलघंन गर्ने जो कोहीलाइ पनि कार्बही गरिने जानकारी दिनु भयो। जिल्ला प्रशासन कार्यलयका  साहयक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले सूचना जारीगरी शान्ती सुरक्षा, मुद्धा सम्बन्धी,र बिपद ब्यबस्थापन तथा भैपरी आउने बाहेक अरु काम हाललाई स्थगित गरिएको जानकारी दिनु भयो । यसै गरी जिल्ला मालपोत कार्यलयका मालपोत अधिकृत शान्ता बस्नेत ले  प्रशासनिक काम बाहेक अरु काम हाललाइ स्थगित गरिएको बताउँनु भयो । 












, , , , ,