चौतारा, भदौ ५ ।
कोरोना भाइरस (कोभीड १९) का संक्रमती हरु बढ्दै गएपछि बाह्रविसे नगरपालिकाले संक्रमती विरामीहरुलाई राख्नका लागि ५० शैया क्षमताको आइशोलेसन वार्ड निर्माण गरेको छ ।
यो सँगै जिल्लाका आइसोलेशन वार्डको संख्या १०१ पुगेको छ । गत बिहिबार मात्रै जिल्ला समन्वय समितिको कार्यालयको भवनमा २५ वेडको आइसोलेशन वार्ड निर्माण गरिएको थियो ।
बाह्रविसे नगरपालिका वडा नं. ४ सालघारी मा रहेको अरनिको कलेजको भवनमा नगरपालिकाले आइशोलेसन वार्ड निर्माण गरेको हो । कलेजमा तत्काल पढाई नभएको र पढाई सुरु भएपनि कलेजको अर्के भवन रहेकाले दिर्घकालीन सम्मका लागि आइशोलेसन राख्नु पर्दा पनि कुनै समस्या नहुने भएकाले कलेजमा नै आइशोलेसन बनाइएको बाह्रविसे नगरपालिकाकाका प्रमुख मिफुन्जो शेर्पाले जानकारी दिनुभयो ।
अरनिको कलेजमा अहिले क्वारिन्टेन भएपनि शारदा मावि नजिकै रहेको भवनमा क्वारेन्टाइनलाई व्यवस्थित गर्न लागिएको हो । बाह्रविसेले निर्माण गरेको क्वारेन्टाइनमा अहिले विदेशबाट आएका चार जनालाई राखिएको छ ।
बस्तीभन्दा निकै टाढा र जंगलको बिचमा आइशोलसन बनाइएकाले संक्रमती हरुलाई राख्दा पनि समुदायलाई कुनै समस्या नहुन प्रमुख शेर्पाको भनाइ रहेको छ ।