इन्द्रावतीमा बाँदर भगाउँने मेशिन बितरण


सदिक्षा बस्नेत 

 बर्षाभरी काम गरेर बाली भित्र्याउँने बेलामा  किसानलाइ बिभिन्न जङ्गली जनावरहरुले पाकेको बाली खाइदिने नष्ट गरिदिने भएकाले किसानहरु चिन्तीत रहेको बेला इन्द्रावती गाँउपालीकाले  पाक्न लागेको मकै बालीलाइ बाादरबाट बचाउँनका लागी बाँदर धपाउँने यन्त्र बितरण गरेको छ । इन्द्रावती गाँउपालीकाका  प्रेस सल्लाहकार दिनेश चौलागाँइका अनुसार  ईन्द्रावतीगाउँपालिकाले बाँदर धपाउने यन्त्रखरिद गरी कृषकहरुलाई निशुल्क उपलब्ध गराएको हो  ।


राष्ट्रिय आविष्कार केन्द्र बाट ३८ ओटा बाँदर धपाउने बन्दुकआकारको यन्त्रखरिद गरी १२ वटै वडामा ३÷३ वटाको दरले ठूलो वडामा ५ वटाको दरले पशु सेवाशाखामार्फत वितरण गरीएको चौलागाँइले जानकारी दिनु भयो ।   बन्दुकआकारको मेसिनको टुप्पा तिर हावा नछिर्ने गरी पत्रिकाले अथवा कागजले बन्द गरी  २.५÷२.५ ग्रामको कार्वाइडको टुक्रा हाली १५ एम.एल. पानीहालीकम्तिमा ४० सेकेन्ड सम्म हल्लाई ग्याँस लाइटर बाल्दा ठुलो विष्फोटको आवाज आउँने भएका ले सो आबज बाट बाादर भाग्ने भएकाले यो अती उपयोगी भएको स्थानीयहरुको भनाइ रहेको छ । ठुलो आवाज आउँने भएको ले उक्त अबाज बाट नजिक रहेकाबाँदर तर्सेर भाग्दछन् र पुनत्यही ठाउँमा नआएको कृषकको भनाई रहेको छ । उक्त मेसिनको प्रयोगले बाँदरले दुखदिन कमी भई आफुले रोपेको अन्नबाली राम्रोसँग भित्राउनपाउने  भएका ले किसानहरु  खुशी देखिएका छन् । यसबाट कृषकहरुको खेतीकिसानीमाउत्साहितभएको र आगामीदिनमा कृषिउत्पादनमा समेत बृद्धि हुने अनुमान गरिएको छ । ईन्द्रावतीगाउँपालिकामाविगत धेरै समय देखि बाँदरले किसानहरुको बालीनालीमाक्षति पू¥याई दुखदिने गरेकोमा बाँदर धपाउने यन्त्रको प्रयोगले किसानलाई केही राहतमिलेको छ . बर्षभरी दुख गरी बालीहुर्काउने र भित्राउने बेलामाबाँदरले अन्न,बाली,लहरे बाली,फलफुलतथा तरकारी खेतीमा नोक्सानीपुर्याउँने गरेकाले यो मेशिनका कारण किसानले रहात पाउँने भएका छन । 


, , , , ,