चिरापरेको जमिनमा खोलानै छिरेर हराएपछि बोल्देका स्थानियमा त्रास

रुपक पुरी , भाद्र ३ ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ गुम्बाको बोल्देमा चिरापरेको जमिनमा खोलानै छिरेर हराएपछि स्थानियमा त्रास उत्पन्न भएको छ । 

यसअघि आफ्नो धारमा बग्ने गरेको तिलिस्योङ खोला जमिनभित्र हराएपछि स्थानियले जोखिम बढेको भन्दै बस्तीनै छाडेका छन् ।

स्थानिय जित बहादुर तामाङका अनुुुसार भदौ १ गतेबाट जमिन भित्र छिर्न थालेको होे । बोल्दे गाउँका नयाँ बस्तीका ६१ घर परीवार अहिले राति सुरक्षीत ठाउँमा बस्नका लागि जाने गरेका छन् । १ मेगावाट विद्युत्त उत्पादन गर्न मिल्ने पानी तिलिस्योङ खोलामा बग्छ । भदौ १ गतेबाट खोलाको पानी नियमित धारमा वग्न छाडेर जमिन भित्र पस्ने गरेको छ ।

बस्ती भन्दा ५०० मिटर माथिबाट जमिनमा छिरेको पानी बस्तीको २०० मिटर माथिबाट घट्ेखोलामा निस्किएको अनुमान स्थानियले गरेका छन् । चिरापरेको जमिनमा खोलानै छिरेर हराएपछि स्थानियमा त्रास बढेको छ ।


,