उद्यम विकास सहजकर्ता जिल्ला संघको नेतृत्वमा सुन्दास

लोकप्रिय सम्बाददाता, साउन १८ । 
सिन्धाुपाल्चोक जिल्लामा क्रियाशिल उद्यम विकास सहजकर्ता संघको नेतृत्वमा बिक्रम सुन्दास सर्बसम्मतिले चयन हुनु भएको छ । 
स्थानीय स्रोत, साधन, बजारको माग, बासिन्दाको चाहाना तथा श्रम सीपमा आधारित उद्यमहरु स्थापनाको क्षेत्रमा दक्ष जनशतिहरुको संठन श्रावण १७ गते वरिष्ठ उद्यम विकास सहजकर्ता सुन्दासको नेतृत्वमा ९ सदस्य कार्यसमिति गठन भएको हो ।
नेपाल सरकार उद्योग,बाणिज्य तथा आपुर्ति मन्त्रालयद्धारा संचालित  गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम संचालनको लागि कार्यरत प्राविधिकहरुको संगठन गठन गरिएको हो । 
जिल्ला भित्र दिगो नाफा मुलक, धेरैलाई रोजगार पुग्ने प्रकृतिको उद्योग,व्यवसाय तथा कारखानाको शुरु र विस्तार गराउन प्राविधि परामर्शको क्षेत्रमा कार्यरत ३२ जना उद्यम विकास सहजकर्ताहरुको पेशागत हकहितका लागि उक्त संघ निर्माण गरिएको नवनिर्बाचित सुन्दासले बताउनुभएको छ । 
उद्यम विकासको लागि  र रोजगारी सिर्जनाको लागि ६ चरणको कार्यन्वयन लघु उद्यम विकास मोडलका प्राविधिहरुले सबै स्थानीय तहहरुमा  समन्वय ,सहकार्यका साथ कार्यक्रम कार्यन्वयनको लागि संगठित हुनु आजको आवश्यकता सहित उक्त संघ गठन गरिएको उहाँको भनाइ रहेको छ  ।  कार्य समिति गठन भएपछि संस्थागत रुपमा उद्यम विकास सहजकर्ताहरुको हक हित पेशागत सुरक्षाको लागि आफ्नो नेतृत्वको संघले निष्पक्ष रुपमा काम गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभएको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा गंगा अर्याल, सचिवमा हरि विश्वकर्मा, कोषाध्यक्षमा सीता पौडेल, सदस्यहरुमा ओम तामाङ, नारायण वि.क., मन कुमारि लामा, बाबुकाजी रोक्का र दिपेन्द्र पौडेल रहेका छन ।

, , ,