चौतारा, भाद्र ५ ।
पुर्व मन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नं.२ का सांसद शेर बहादुर तामाङले बस्ति स्थानानान्तरण गर्ने बिषय सामान्य नरहेको बताउनुभएको छ । बिहिबार जिल्ला समन्वय समिति र जिल्ला विपत व्यवस्थापन समितिको संयुक्त आयोजनामा सम्पन्न भएको बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो ,“बस्ति स्थानान्तरण सोचे जस्तो सहज छैन्, यस बिषयमा गहन रुपमा अध्यया गरेर मात्रै प्रकृया अगाडी बढाउनुपर्ने हुन्छ । बस्ति स्थानान्तरणले धेरै बिषयसँग सम्बन्ध राख्दछ ।”
बर्षै देखिको पुर्खाले भोगचलन गरिरहेको बस्ति छाडेर अन्यन्त्र जान सबैले स्वृकार्न सक्दैनन र स्वृकारेको खण्डमा पनि नयाँ बस्तिको लागि सरकारले चाहिने स्रोत र साधनको उपलब्ध गर्न सक्छ कि सक्दैन भन्ने कुरा पनि अर्को जटिल बिषय हो उहाँले भन्नुभयो ।
जमिनसँग मानिसको जीवन जोडिएको हुन्छ, कतिपयले पुर्खाको थातथलो छोड्न हुँदैन पनि भन्न सक्नुहुन्छ, जोखिममा भएका जनतालाई बुझाएर स्थानान्तरण हुन प्रेरित गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङे बताउनुभएको छ ।
बैठकले जिल्लामा भुकम्प र बाढी पहिरोको कारण जोखिममा परेका बस्तिहरुको स्थान्नान्तरण तथा सुरक्षित बस्ति विकासका लागि सम्बन्धित सरोकारवालाहरुसंग पहल गर्ने निर्णय समेत गरेको छ ।
बिहिबार जिल्ला समन्वय समिति र जिल्ला विपत व्यवस्थापन समितिको संयुक्त आयोजनामा सम्पन्न भएको बैठकले जोखिममा रहेका बस्तिहरु तत्काल स्थानान्तरको लागि पहल गरिेने निर्णय गरेको हो ।
बैठकमा जिल्लाका विभिन्न स्थानमा भएको धनजनको क्षति न्युनिकरणका विषयमा पनि छलफल भएको थियो । बैठकले पहिरोबाट पुगेको क्षतिका सम्बन्धमा साझा धारणा बनाएर समस्या समाधान गर्दै पुनःनिर्माणमा लाग्नुपर्ने निष्कर्ष निकालेको छ ।
बिहिबारको बैठकले तत्काल रुपमा जुगल गाँउपालिकाको नाम्फा, लिदी र बोल्दे बस्तिलाई स्थानान्तरण गर्न पहल गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न निकायसँगको समन्वयमा चार वर्षअघि नै सिन्धुपाल्चोकका २४२ ठाउँको भौगर्भिक अध्ययन गरेकामा ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिएको थियो तर यसको बेवास्ता गर्दा जिल्लाले ठुलोमात्रामा क्षति ब्यहोर्नुपरेको छ ।
सो बेलामा गरिएको अध्ययनले जुगल गाउँपालिकामा गएको लिदी जोखिमका क्षेत्रम परको थियो । तर त्यसको व्यवास्था गरेर बस्ति स्थानान्तरण गर्न नसक्दा लिदी पहिरोले ३९ जनाको ज्यान लिन परेको थियो ।
बिहिबार आयोजना गरिएको बृहत छलफलमा संघीय सांसदका सदस्यहरु, प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुखहरु, राजनितिक दलका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार महासंघका प्रतिनिधि, उद्योग वाणिज्य संघ, गैसस महासंघ र रेडक्रस प्रमुखको सहभागिता रहेको थियो । भूकम्पका समयमा बस्न अयोग्य भनिएका ठाउँहरुमा धमाधम पहिरो जाँदा सिन्धुपाल्चोकले धेरै धनजनको क्षति व्यहोरेको छ ।
लिदी पहिरोमा पुरिएका २९ कोे शव भेटियो
चौतारा, भाद्र ४ ।
गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये बुधबार थप ३ को शव भेटिएको छ । यस अघि २५ जनाको शव भेटिएकोमा १० अझै बेपत्ता छन ।
पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए । बिहिबार भेटिएकाहरुमा एक बालक र २ महिलाको शव फेला परेका जिल्ला प्रहरी कार्यालय जलबिरेका प्रहरी नायब उपरिक्षक माधब काफ्लेले जाकारी दिनुभएको छ । काफ्लेका अनुसार बिहिबार बर्ष ४२ की जिबिरानीदोङ बर्ष ५का सानुकान्छा दोङ र बर्ष १८ की ललिता दोङ र र अशोक दोङ को शव फेला परेको हो ।
यो संगै पहिरामा ज्यान गुमाउने २८ पुगेक छ । शव फेला परिएकोमध्ये १५ जना पुरूष र१३ जना महिला रहेका छन् ।
त्यसमध्ये १४ जना बालबालिमा मात्रै रहेका छन ्।पहिरामा हराइरहेकाहरूको खोजीमानेपाली सेना, नेपाल प्रहरी गरि ६६ जना र स्थानीयबासीहरू जुटेका छन ।
एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकोले पिक, साबेल र कोदालोका भरमा खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।