रुपक पुरी, साउन २५ ।
सिन्धुपाल्चोकमा निरन्तर वर्षापछिको वगेको भेलसहितको गेग्रन किसानको खेतिमा पस्दा अन्नबाली नष्ट भएका छन् ।
वलेफी गाउँपालिका १ कात्तीकेमा १० जनाको ६० रोपनि खेतमा अहिले गेग्रनहरु थुप्रीएर बसेका छन् ।
विकासका नाममा जताततै बाटो खनिनु क्षतीको मुख्य कारण भएको स्थानियले बताएका छन् । कात्तिकेमा खेत माथिनै नालिको पानी खसालेपछि गेग्रन माटो खेतिमा गएर थुप्रीएपछि बाली त नष्ट भयो नै हातले पन्छाउने अवस्था समेत छैन ।
स्थानिय समस्या बोकेर वडा तथा वलेफी गाउँपालिका सम्म पनि पुगेका छन् । गाउँपालिका उपप्रमुख कमला कायस्थ सहितको टोली किसानको पुरीएको खेति हेर्न गएको थियो । जनप्रतिनिधि आउने , हेर्ने र जाने काममात्र भएको तर कुनै पहल नगरेको पिडित किसान रुद्र वहादुर खड्का बताउनुहुन्छ ।
यता चौतारा सांगाचोकगढि नगरपालिका २ भोटेफुल्पीङमा भलले खानेपानीको ट्रयाङ्किनै बगाउदा ४ गाउँमा पिउने पानीको समस्या भएको छ । २०६३ सालमा पधेरोटोलमा निमार्ण गरेको खानेपानि ट्याङ्कि अत्याधिक वर्षापछि गएको पहिरोले क्षती पुराएको हो ।
त्यहि पानी बतासे, देविडाँडा, साकिने र कामिडाँडाका स्थानियले पिउने गरेका थिए । भोटेपुल्पिङकै जुठेपानीदेखि सिस्नेरी सम्म १०० मुरी माथि धान फल्ने खेत समेत पुरीएको छ ।
भलसहित वगेको गेग्रनमाटो र ढुङ्रगा किसानको खेतमा गएर थुप्रीएको स्थानिय निर वहादुर तामाङले जानकारी दिनुभयो ।उता बलेफी २ ढाढेमा बाढि पसेर किसानको खेत समेत वगाएको स्थानियले बताएका छन् ।