प्रेस काउन्सिल नेपालको सदस्यमा पाण्डे र भण्डारी

लोकप्रिय समाचार, साउन ३२ ।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले लामो समयसम्म पत्रकारीता क्षत्रमा काम गर्नुभएका नेपाल पत्रकार माहासंघ केन्द्रीय लेखा समितिका संयोजक समेत रहिसक्नु भएका अग्रज पत्रकार दिपक पाण्डे र नेपाल पत्रकार माहासंघको केन्द्रिय सदस्य समेत रहिसक्नुभएकी पत्रकार दुर्गा भण्डारीलाई प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले मन्त्री स्तरीय निर्णय गर्दै प्रेक काउन्सिलको सदस्यमा पत्रकारद्धायलाई नियुक्त गर्नुभएको हो ।  

काठमाडौमा रहेर पत्रकारिता गर्दै आउनुभएका पाण्डे प्रकाश साप्ताहिक देखि विभिन्न पत्रीका हुँदै हाल जनता टेलिभिजनमा कार्यरत हुनुहुन्छ । त्यस्तै पोखरामा लामो समय पत्रकारिता गरि पछिल्लो समय कानुन व्यवसायीका रुपमा स्थापित भण्डारी प्रेस चौतारी नेपालको केन्द्रिय कमिटीको सचिव समेत भैसकेकी भण्डारीले विभिन्न पत्रपत्रिकामा आर्टिकल लेख्दै आउनुभएको छ । 

 

, , ,