१४गते सम्म सिन्धुपाल्चोक पुरै लकडाउँन



 नेत्र बहादुर बस्नेत, बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारी बाट बच्नका लागीे गरेको लगडाउँन बिस्तारै खुले सँगै सक्रंमिक ह्वात्तै बढेको कारण सरकारले  आबश्यकता हेरी  फेरी लगडाउँनलाइ कडाइ गरेको छ । यस सँगै   सिन्धुपाल्चोक जिल्लामा पनी १गते देखी एक हप्ताका लागी लागु गरिएको मा फेरी ८ गतेदेखि एक साताको लागि लकडाउन थपिएको छ । आइतबार बसेको जिल्ला कोभिड १९ संकट ब्यबस्थापन समितिले एकसाता लकडाउन थपेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनु भयो ।जिल्लामा संक्रमण दर बढदै गएकोले लकडाउन थपेको हो ।

लकडाउन अबधिभर कोही पनि घर बाहिर निस्कन पाउने छैनन् । एम्बुलेन्स, दमकल र अत्यावश्यकका सवारी साधान बाहेक अन्य सवारी साधान चल्न पाउने छैनन् ।बिद्यालय, होटल, रेष्टुराँ, शैलुन, तालिम, गोष्टी, प्रर्दशन, खेलकुद लगायतका गतिबिधि गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनु भयो ।  सङ्कट ब्यबस्थापन  समितको आइतबार बसेको बैठकले गरेका निर्णहरु कडाइका साथ कार्यन्वयन गर्न सबैलाइ अनुरोध गर्दे अटेर गर्नेलाइ कडा भन्दा कडा कानुनी कार्बाही गरिने जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी , प्रहरी नायब उपरिक्षक माधब प्रसाद काफ्लेले बताउँनु भयो ।   सिन्धुपाल्चोकमा ८६ जना कोभिड १९ का बिरामी देखिएका छन् । जसमा ७४ जना निको भई घर फर्किएका छन् । ९ जना उपचारत छन् । कोभिड १९ का कारण ३ जनाको निधन भएको जिल्ला स्वास्थ कार्यालयले जनाएको छ । । यसअघि भदौ १ गतेबाट ७ गते राती १२ बजेसम्म लकडाउन गरिएको थियो । यसै बिच आइतबार बसेको बैठकले चिनको न्यालम काउन्टीबाट प्राप्त स्वास्थय सामाग्रीलाइ जिल्ला स्वास्थय कार्यलयलाइ जिम्मा लगाइ आबश्यक अनुसार खर्च गर्न समेत अनुमती दिएको छ । 



, , , , ,