पहिरोले कर्थलीका तीन घर क्षतिग्रस्त पाँच घर उच्च जोखिममा

रुपक पुरी,बाह्रबिसे,साउन १९ । 
सिन्धुपाल्चोकको बाह्रबिसे २ कर्थलीका आठ घर पूर्ण रुपमा क्षति र पाँच घर उच्च जोखिममा परेका छन् । 
साउन १८ गते राति परेको अविरल वर्षासँगै कर्थलीको घट्टे खोलामा आएको बाढी र पहिरोका कारण आठ घर मध्ये ३ घर पूर्ण रुपमा क्षति र ५ घर उच्च जोखिममा परेका हुन् ।
बाह्रबिसे २ का कमल बिक, गोपाल बिक, गुना बिकको घर पूर्ण रुपमा क्षति भएका छन् भने, पृथ्वी बहादुर भण्डारी, तिलक बहादुर भण्डारी, डिल बहादुर भण्डारी, सिताराम कार्की र साजन भण्डारीको घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय चौताराले जानकारी दिएको छ ।

, ,