घरैबाट नै श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्न बस्नेतको अनुरोध

नेत्रबहादुर बस्नेत, साउन २८ ।

पुर्व मन्त्री सूचना तथा सञ्चार मन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले आफ्ना पिता खड्गबहादुर बस्नेतको निधनमा शुभचिन्तकहरुमा घरबाट नै श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्न अनुरोध गर्नुभएको छ । 

श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्नुहुने सम्पुर्ण शुभचिन्तकहरुमा परिवारका तर्फबाट धन्यवाद ज्ञापन गर्दै नेता बस्नेतले कोरोना महामारीका कारण घरबाटै श्रद्धाञ्जली र समवेदना प्रकट गर्न अनुरोध गर्नुभएको हो । 

उहाँले मंगलबार एक विज्ञप्ति जारी गर्दै उहाँले सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको भीषण बाढी र पहिरोका कारण बाटाहरू भत्किएर आवतजावतमा समेत कठिनाइ भइरहेको र कोरोनाभाइरस (कोभिड १९)को भय पनि उत्तिकै रहेकोले यस्तो अनुरोध गर्नुभएको हने ।

बस्नेतले विज्ञप्तिमा भन्नुभएको छ , प्राकृतिक विपत्तिको अवस्था, कोरोनाको भय, सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यता, सरकारले गरेको लकडाउन, हामी आफैँ सचेत हुनुपर्ने अवस्था र आवतजावतमा पर्ने कठिनाइका कारण यहाँहरूले हाम्रो घर बाह्रबिसेसम्म आउने कष्ट गर्नुभन्दा आफ्नो घरमा नै बसेर हाम्रा पिताजी प्रति श्रद्धा व्यक्त गरी उपलव्ध प्रविधिमार्फत हामीलाई सान्त्वना प्रकट गर्नुभएमा हामी कृतज्ञ हुने थियौँ ।’


, , , ,