नेकपा परित्याग गरी हेलम्बुका दुई दर्जन बढी काँग्रेसमा प्रवेश

रुपक पुरी, भदौ ११ । 

हेलम्बु गाउँपालिका चुरेटार र वीरखर्कका दुईदर्जन बढी नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । 

नेकपा झुटको खेती गर्ने भन्दै हेलम्बुका दुई दर्जन बढी नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश

हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार नेकपाका नेता कार्यकर्ता झुटको खेती गर्ने र विकास निर्माणका काम पनि केही नगर्ने हुनाले नेकपा त्याग गरेर काँग्रेस प्रवेश गरेको पार्टी प्रवेश गर्नेहरुले बताएका छन् ।

उनीहरुले नेपाली काँग्रेसले विकास निर्माणमा कुनै भेदभाव नगर्ने र गाउँको विकास पनि गर्ने भएकाले काँग्रेस प्रवेश गरेको बताए ।

उनीहरुलाई हेलम्बुका अध्यक्ष शेर्पाले काँग्रेस प्रवेश गराउनुभएको हो । यसअघि पनि एक दर्जन बढी हेलम्बुका नेकपा नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका थिए ।बचबथ


, , , ,