बंशलालद्धारा होमनारयाणलाइ चेक हस्तानन्तरण



गाँउपालीका महासंघका अध्यक्ष होम नारायण श्रेष्ठलाइ महासंघकै महासचिब बंशलाला तामाङ्गले रु एकलाख रुपैया सहयोग हस्तानन्तरण  गर्नु भएको छ । गाउँ पालीकाकाप्रेस सल्लाहाकार दिनेश चौलागाइका अनुसार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं २ स्थित लिदी पहिरोमा परी  ज्यान गुमाउँनु हुनेका सहयोगका लागी गाँउ पालकिा स्थित गैर सरकारी सस्था जय नेपाल सस्थाका प्रमुख ध्रुब लुइटेलले दिनु भएको सहयोगको चेक हस्तानन्तरण गर्नु भएको हो ।

  जिल्ला सम्मन्वय समितीको सभाहलमा  पुर्ब मन्त्री माननीय शेर बहादुर तामाङ्गको रोहबरमा उक्त रकमको चेक हस्तानन्तरण गर्नु भएको हो ।  सो अबशरमा इन्द्रावती गाउँपालिकाले मृतकका परिवारलाई सहयोग स्वरुप १ लाख रुपैंया उपलब्ध गराएको छ । इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बिहिबार यो रकम  पर्याप्त नभए पनी केही मात्रमा भए पनी सहयोग पुग्ने  बिश्वास ब्यक्त गर्दै जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठलाई चेक हस्तान्तरण गर्नु भएको हो । तामाङ्गले यस्तो बिपत्ती कसैलाइ पनी नपोरस भन्दै बिपत्तमिा परेर ज्यान गुमाउँनेहरु प्रती श्रदान्जली ब्यक्त गर्दै घाइतेलाइ सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो । साथै उँहाले बिस्तापितहरुलाइ छिटै सुरक्षित स्थानमा सार्नका लागी आफुले सकेको पहल गर्ने समेत बताउँनु भयो । जुगल गाँउपालीका लिदीमा गएको पहिरोमा परी ज्यान गुमाउँनेको सख्या ३० पुगेको छ भने  हाल सम्म ९ जना अझै बेपत्ता रहेका छन । एक सय ७२ घर रहेको लिदीको बस्तीमा गत शुक्रबार  एका बिहानै पहिरो खसेको थियो  । पहीरोमा १३ घर पूर्ण क्षति भएको छ भने ३७घर आंशिकरुपमा क्षति भएको छ । पहिरोमा परी ३९ जना बेपत्ता भएका थिए । 


, , , , , ,