पहिरोमा पुरिएका १६ जनाको शव भेटियो, २३ जनाको खोजी जारी

अर्जुन शर्मा, चौतारा, साउन ३१ । 

शुक्रबार बिहान जुगल गाउँपालिका वडा नं. २ लिदिमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । 

मृतक हुनेको संख्या १६ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिनुभएको छ । उहाँका अनुसार शनिबार दिउसो ५ जनाको शब फेला परे पछि मृतकको संख्या १६ पुगेको हो । अन्य २३ जनाको भने खोजि कार्य भइरहेको छ । उहाँका अनुसार मृत्यु हुने १६ जनाकै सनाखत भइसकेको छ ।

मृत्यु हुनेमा ९ बालबालिका सहित ४ महिला र ३ पुरुष रहेका छन् । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा लामा गाउँकी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महिनाका रेिमश दोङ, १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ रहेका छन् ।

मृतकहरुको बौद्ध परम्पराअनुसार सामूहिक रुपमा अन्येष्टि गरिने तयारी रहेको छ ।  पहिारो पन्साउन एक्स्काभेटर लैजान नसकिँदा आहिले सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी सहितको ५५ जनाको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ ।

 

, , ,