युनियन लाईफ ईन्सुरेन्स कम्पनिका अभिकर्ता श्रेष्ठ सम्मानित

अर्जुन शर्मा, साउन १९ । 
युनियन लाईफ ईन्सुरेन्स कम्पनि लिमिटेड चौताराले  आइतबार यक कार्यक्रमको बिच  अभिकर्ता  डम्बर श्रेष्ठलाई सम्मान गरेको छ । ईन्सुरेन्स कम्पनि आइतबार सम्पन्न अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रममा श्रेष्ठलाई सम्मान गरेको हो ।
नेपल भरि दुई सय भन्दा बढि शाखा रहेको कम्पनीको चौतारा शाखाले पहिलो पटक  अभिकर्ताहरुको छाता सङ्गठन अमेरिकमा रहेको मिलयन डलर राउण्ड टेवलबाट सदस्यता प्राप्त गर्नु भयका शिक्षा बिद  समेत रहनु भएका डम्बर श्रेष्ठ लाई सम्मान  गरेको शाखा प्रमुख  सुजन श्रेष्ठले बताउनुभएको छ ।
अन्तराष्ट्रिय बिमा अभिकर्ताहरुको महासम्मेलनका भाग लिनका लागि  चौताराबाट श्रेष्ठ छनौट हुनु भएकोमा सम्मान गरिएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न ५ का वडा अध्यक्ष नरमान श्रेष्ठले बिमा जिबित निर्जिव दुबैको लागि अति अपारिहार्य रहेको बताउनुभयो । गाँउ गाँउमा गएर ईन्सुरेन्स कम्पनीले नागिरकलाई सहजिकरण गरेकोमा कम्पनीलाई बिशेष धन्यबाद दिदै श्रेष्ठले जसरि सरकारले बुढेसकालमा सामाजिक सुरक्षा भत्ता दियर अशक्त हरुलाई  केही राहात उपलब्ध गरायको छ यसैगरी बिमा कम्पनिहरुले पनि आफ्ना बिमितलाई अशक्त र बुढेसकालको बेलालाई जिवन गुजारा गर्न  राहात दिएको बताउनुभयो । 
सम्मानित हुँदै डम्बर श्रेष्ठले आफ्नो नाम युनियन लाइफ ईन्सुरेन्समा चर्चामा आय पनि  विभिन्न कम्पनिहरुमा काम गरेको बताउनु भयो । उहाँले युनियन ईन्सुरेन्स बाट पनि धेरै पाठ सिकेको  र आफु ले केही पहल गर्दा सबैको हितमा काम गर्नु सकिन्छ भन्ने लागेर बिमा गराउनका लागि ब्यवसायी मात्र नभयर सामाजिक काम गर्न पनि हो भन्दै यस काम नि शुरुवात गरेको बताउनु भयो ।
कार्यक्रममा ईन्सुरेन्स कम्पनिका बागमति प्रदेशका उपप्रमुख चन्द्र प्रदिप भट्टराई,  युनियन लाइफका स्टार एजेन्सि मेनेजर तथा युनियन बिमा रत्न  दामोदर गौतम, चौतारा टोल बिकास मतिका अध्यक्ष शिव श्रेष्ठ, चौतारामा  रहेक बैङ्कका प्रमुख लगायतको उपस्थिति रहेको थियो । शाखा प्रमुख  सुजन श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भयको थियो । 

, , , , , ,