नेपालमा सामुदायिक मेलमिलापको प्रयोग र सफलता

ठाकुर राम चौलागाई । 

मतभिन्नताकै कारणले विवाद हुनु विवादको प्राकृतिक निय नै हो भनृ यसलाई व्यवस्थापन गर्नु पनि राज्यको दायित्व हो । 

समाजको य िदायित्व पूरा गर्न राज्यद्दारा अदालत विभिन्न अर्धन्यायिक निकायहरुको गठन गरेको हुन्छ । राज्यद्दारा औपचारीक रुपमा स्थापित यस्ता निकायहरुले अपनाउने कार्यविधि र परिणामले दुवै पक्षको जितको अनूभूति नहुने भएकोले हाल मेलमिलाप लगायत वैकल्पिक व्यवस्थाहरु प्रयोगमा रहेका छन् । जस मध्ये मेलमिलापलाई वैकल्पिक उपायको सर्वश्रेष्ठ मानिन्छ । 

अहिले नेपालमा प्रयोग गरिएको अदालत सन्नहित÷प्रेषित मेलमिलाप भन्दा सामुदायिक मेलमिलापमा विवाद समाधान संख्या र सफलता बढी भएको पाउन सकिन्छ । जसको पछाडी सामुदायिक मेलमिलापकर्ता विषेष गुण क्षमता भएको तालिम प्राप्त व्यक्ति, पक्षहरुले आफुलाई विशवास लागेको व्यक्ति छनौट गर्ने भएकोले पक्षको विश्वासिलो र मेलमिलापकर्ता समुदायमा मेलमिलापमा समर्पित भएको । 

धेरै जनाको भूमिका पश्चात अदालतमा विवाद दर्ता हुने गर्दछ, किनकि हाम्रो समुदायमा अदालत सम्मको पहँुच सबै समुदायमा सहज हिसाबले पुग्न सकेको छैन साथै अदालतमा विवाद दर्ता गर्न कानुन व्यावसायीको समेत सहयोग लिन पर्छ र त्यो बिचमा विवादमा बेसरोकारका व्यक्तिहरुको भूमिका प्रदर्शन हुन थाल्दछ । यसरी अदालतमा हुने मेलमिलापमा सफलता प्राप्त गर्न कठिन हुन जान्छ । सामुदायिक मेलमिलापमा बेसरोकारका व्यक्तिको भूमिका रहन पाउँदैन स्थानिय व्यक्तिनै मेलमिलापकर्ता भई विवाद समाधान गर्ने हुँदा विवादका पक्षले पनि अन्य व्यक्तिलाई विवाद समाधानमा सहयोग गरिदिन भन्ने गर्ददैनन त्यसैले विवादका पक्षहरु विवाद समाधान गर्न आफै सक्रिय भई समाधान गर्ने गर्दछन् । 

विवाद समाधानमा मेलमिलापकर्ताको भूमिकाले यसको सफलता जोडिएको हुन्छ । मेलमिलापकर्ताले मेलमिलापको निश्चित प्रक्रिया अपनाई विवाद समाधान गरिरहेका हुन्छन् । मेलमिलाप प्रक्रियामा प्रत्येक चरणहरुको आ आफ्नै महत्व रहेका छन् । मेलमिलापकर्ताले विवाद समाधानमा आफुलाई समाधान दिने व्यक्ति नभई आफु प्रक्रियाको ज्ञाता भएकोले प्रक्रियालाई जस्तोसुकै कठिन परिस्थितीमा पनि अबलम्न गर्नुपर्दछ । मेलमिलापकर्ताले आफुलाई विवाद समाधान गरिदिने ठेकेदार ठान्ने मैले जसरी पनि समाधान दिनुपर्दछ भन्ने सोचाईले मेलमिलाप प्रक्रिया अबलम्बन गर्दा पक्षहरुमा दाबाब सिर्जना हुन्छ । 

मेलमिलाप सत्रमा मेलमिलाप प्रक्रिया मेलमिलापकर्ताको नियन्त्रणमा र  परिणाम पक्षहरुको नियन्त्रणमा रहने वातावरण तयार नभएसम्म मेलमिलापले सार्थकता पाउन सक्दैन । मेलमिलापकर्ताले मेलमिलाप प्रक्रियामा प्रयोग हुने चरणलाई अबलम्बन नगरी समयानुकुल र सामाजिक परिवेश अनुरुप विवाद समाधान गर्दा मेलमिलापमा असफलता रहन सक्दछ । मेलमिलापमा रहेका असफलताहरुलाई पहिचान गरी मेलमिलाप प्रक्रियाबाट अलग नगर्दासम्म मेलमिलापबाट चाहेअनुसारको उपलब्धि हाँसिल गर्न सकिदैन । लेखक ः प्राकृतिक श्रोत द्दन्द रुपाण्तरण केन्द्र, नेपाल जिल्ला कार्यक्रम संयोजक हुनुहुन्छ । 


, , ,