राष्ट्रिय परिचयपत्रको लागि जिल्लामा आजबाट विवरण संकलन हुने

अर्जुन शर्मा, साउन २१ ।
राष्ट्रिय परिचयपत्रको लागि सिन्धुपाल्चोक जिल्लाबाट पनि विवरण संकलन हुने भएको छ । आजबाट जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकमा विवरण संकलन गरिने भएको छ ।
नेपाल सरकारले पहिलो चरणमा पाँचथर जिल्ला र सिंहदरबारमा पाइलट प्रोजेक्टको रुपमा राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो । दोस्रो चरणमा विभिन्न १२ जिल्लामा यो परिचयपत्र प्रदान गरिएकोमा यो आर्थिक वर्षबाट भने सिन्धुपाल्चोक जिल्लाबाट समेत वितरण सुरु हुन लागेको छ ।
अघिल्लो आर्थिक वर्षको चैत महिनाबाट नै विवरण संकलन गर्न शुरु गर्नुपर्ने भएपनि कोरोना महामारीका कारण आवश्यक उपकरण आइनपुगेकोले सुरु गर्न नसकिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो ।
अहिले भने सम्पुर्ण आवश्यक उपकरण सहित जनशक्ति समेत उपलब्ध भइसकेकोले विवरण संकलनको काम सुरु गर्न लागिएको  उहाँको भनाई रहेको छ ।  

, , ,