पुर्वमन्त्री द्धयद्धारा दुःख व्यक्त

अर्जुन शर्मा,साउन १९ । 
सिन्धुपाल्चोक जिल्ला संघीय निर्बाचन क्षेत्र नम्बर २ का सांसद एबम पुर्ब कानुन मन्त्री शेर बहादुर तामाङले मेलम्ची र बरुवामा १० जनाको ज्यान जाने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । 
उहाँले आफ्नो निर्बाचन क्षेत्रको मेलम्ची र बरुवामा गएको पहिरोको अध्ययन गर्दै पहिरोमा परी मृत्यु भएका ब्यक्तिहरु प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै दुःख व्यक्त गर्नुभएको हो । उहाँले घटनाको अबलोकन गर्दै मृतक प्रति श्रद्धान्जली र घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना जिल्लाका स्थानहरुमा गएको पहिरोबाट भएको जनधनको क्षेती प्रती दुःख समेत ब्यक्त गर्नु भएको छ ।
यस्तै पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको टोलीले समेत मेलम्ची घटनाको अवलोकन  गर्न पुगेको थियो । मेलम्ची घटना भएको थाहा पाएपछि इन्द्रेणि कार्यक्रमका संयोजक कृष्ण कँडेल सहितको टोली लिएर बस्नेत मेलम्ची आउनुभएको हो ।
पूर्वमन्त्री बस्नेतले  घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई धैर्य भएर बस्न आग्रह गर्नुभयो । त्यस्तै इन्दे्रणिका संयोजक कँडेलले घटनामा मृत्यु भएकाप्रति परिवारलाई रु १५ हजारका दरले सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

, , ,