मेलम्ची भोताङ मोटरबाटोमा जोखिम कायमै

रुपक पुरी, मेलम्ची ।
अबरिल वर्षाका कारण बिहिबार राति करिब २ बजे गएको पहिरोले गर्दा अवरुद्ध भएको मेलम्ची भोताङ मोटरबाटो खुले पनि जोखिम कायमै रहेको छ ।
पहिरोले पाँचपोखरी थाङपाल ८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएकोे नेशनल हाइड्रो पावरद्धारा प्रबर्दित इन्द्रावती तेश्रो जलबिद्युत आयोजनाको ड्याम साइडमा क्षति पुर्यााएको थियो भने अझै पनि क्षति पुर्याउन सक्ने जोखीम रहेको आयोजनाका कर्मचारी युवराज गिरीले जानकारी दिनुभयो ।
पहिरोको कारण आयोजनाको उत्पादन ठप्प भएको छ । पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य गेट, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) तथा पोखरीलाई पुर्ण रुपमा क्षति पुयाएको छ ।
पहिरोले तिपेनी बजार तथा पहिरो माथिको मानब बस्ती समेत जोखिममा परेको छ । निरन्तरको बर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण तथा बिस्तारको कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो । पहिरोको कारण अलपत्र परेका सवारी साधन तथा मानिसहरु अहिले सहज रुपमा आवत जावत गर्न थाले पनि त्रास पुर्ण यात्रा गर्न बाध्य भएको पाँचपोखरी थाङपाल गाउँपालिका ४ का अमिर भट्टराइले जानकारी दिन्ुभयो । 

,