अबिरल बर्षाले जिल्लाका बिभिन्न क्षेत्रमा पहिरो दर्जनौ बस्ति जोखिममा

रुपक पुरी, साउन २३ । 

केही दिन यता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जनजीवन प्रभावित बनेको छ । लगातारको वर्षापछि ठाउँ–ठाउँमा गएको बाढी र पहिरोले जनजीवन प्रभावित बनेको हो ।

आइतबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पु¥याएको छ ।  वर्षाका कारण पहिरोले बस्तीहरु पुरिएका छन् ।

निरन्तर परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि सिन्धुपाल्चोकका अधिकाँश गाउँमा यातायात ठप्प भएको छ ।

केही दिनदेखिको अविरल वर्षासँगै आएको पहिरोले बाह्रबिसे नगरपालिका २, कर्थलीका बस्ती उच्च जोखिममा पारेका छन् । घट्टेखोलाको बाढी र पहिरोले तीन घरमा पूर्णरूपमा क्षति पु¥याएको छ ।

बाह्रबिसे नगरपालिका २ का कमल विक, गोपाल विक र गुना विकको घर पहिरोले बगाएको स्थानीय अजय लामाले जानकारी दिनुभयो । उहाँका अनुसार पृथ्वीबहादुर भण्डारी, सीताराम कार्की, डिलबहादुर भण्डारी, तिलक भण्डारी र राजन भण्डारीको घरमा आंशिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार बाढी र पहिरोले क्षति पु¥याएको घर लगायतको क्षतिको विवरण लिने कार्य भइरहेको छ ।

यस्तै चौतारा साँगाँचोकगढी नगरपालिका, जुगल गाँउपालिका र  बलेफि गाँउपालिकाको बिभिन्न स्थानका पहिरो जाँदा ठुलो जनधनको क्षति पुगेको छ । यसैगरी वर्षाका कारण पाँचपोखरी गाउँपालिका ८ तिपेनीमा पहिरोले ३० घर उच्च जोखिममा पारेको गाउँपालिकाका अध्यक्ष टाँसी लामाले जानकारी दिनुभयो ।

उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम गरिएको उहाँले बताउनुभयो । उच्च जोखिममा रहेका केही स्थानीय छिमेकीको घरमा आश्रित छन् भने केही खेतबारीमा त्रिपाल र टिनले बारेर बसेका छन् । भोटेकोसी गाउँपालिकाको लिस्तिकोट, कोदारी, हिन्दी, खोकुण्डोल, चाकु, मार्मिङ, नारायणथान लगायतका बस्ती पहिरोका कारणले उच्च जोखिममा परेको स्थानीय सञ्जीव श्रेष्ठले जानकारी दिनुभयो ।

सुनकोसी गाउँपालिका ४, यमुनाडाँडाका मिजारटोल पहिरोको खतरामा परेको भन्दै स्थानीय इन्द्र मिजार वडा कार्यालय र गाउँपालिकाले पहिरो रोकथामका लागि तत्काल नै उपाय निकाल्नुपर्ने बताउनुहुन्छ । वर्षाले बस्ती खतरामा पारेपछि सुरक्षित स्थानमा जान लागेको उहाँले बताउनुभयो ।

शिखरपुरका राजेन्द्र दुलालका अनुसार बुधवार बेलुका परेको अविरल वर्षाले मेलम्ची चौतारा सडकको सहरेखोला खण्डमा सडक कटान र पहिरोको कारण सडक अबरूद्व भएको छ । बुधवार रातिनै परेको अविरल वर्षाको कारण मेलम्ची नगरपालिका वडा नं.९ को  धन वहादुर गिरीको घर पूर्ण रूपमा जोखिम भएको वेदनाथ गिरीले जानकारी दिनुभयो ।

तालामाराङका दपिकविक्रम देउजाका अनुसार मेलम्ची तालामाराङको सडकको अबस्था पनी दयनिय छ । मेलम्ची नगरपालकिा ९ का धनवहादुर वस्नेतको २२ रोपनी जमिनमा लगाइएको विभिन्न  किसिमका डाले तथा भुइँ घाँस वाढीपहिरोले सवै बिमाख पारेपछी चिन्तित हुनुहुन्छ । बस्नेत  सहयोगी निकायको खोजिमा हुनुहुन्छ ।  

,