चौताराको सर्बाजैनकि सुनुवाइ सम्पन्न

 नेत्रबहादुर बस्नेत 

  सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७६,७७ मा भएका काम कार्यहरको बारेमा वार्षिक प्रगति पत्रकार भेटघाट कार्यक्रम गरेर  सार्वजनिक गरेको छ । बिहबिार  भएको कार्यक्रममा नगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमसँगै गएको वर्षको प्रगति सार्वजनिक गरेको हो ।

पत्रकार भेटघाट तथा सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख अमान सिंह तामागंले नगका सबै नागरिकको नगरपालीका पैती बराबरी हक र बराबरी हिस्सा हुने हुादा नगरका पदाधिकारीहरुले सर्बलाइ समान ब्यबहार गर्न पर्ने बताउँदै कसैलाइ पनी पक्षपात हसन नदीने बताउँनु भयो । त्यसैगरि वडा नं ९का अध्यक्ष बिष्णु लामाले केही बिकासका कामहरुमा सामान्य अबरोध  हुन खोजे पनी बिकासमा कुनै पछी पर्न नदीने बताउँनु भयो । वडा न १३का अध्यक्ष राम प्रसाद गौतमले सबै कामहरु ब्यबस्थीत र पारदर्शीताका साथ भएको बतायानु भयो यस अघी प्रमुख  प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डेले नगरपालकिा बाट भए गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो  ।  उँहाले गत वर्ष नगरपालिकाले संघीयतर्फको बजेट मध्ये ६४ दशमलव ७७ प्रतिशत रकम खर्च गरेको बताउँनु भयो । कुल एघार करोड ८५ लाखमध्ये सात करोड ६७ लाख६३ हजार रुपैयाँ खर्च भएको सो अबशरमा जानकारी गराउँनु भयो  ।
त्यस्तै प्र्रदेशतर्फको २६ करोड ६२ लाख चार हजार बजेटमध्ये १७ करोड ९१ लाख ६० हजार रुपैयाँ खर्च भएको जनाउँदै प्रमुख प्रशासकीय अधिकृत पाण्डेले आन्तरिक स्रोतको चौध करोड चार लाख बीस हजार मध्ये तेह्र करोड ३७ लाख रुपैयाँ खर्च भएको  जानकारी गराउँनु भयो । नगरपालिकाले पुजीगततर्फ ६८ दशमलव ७१ र चालुतर्फ ८५ दशमलव ६१ प्रतिशत रकम खर्चेको थियो कार्यक्रमकोआयोजना नगर पालीका र संयोजन प्रेस सेण्टरले गरेको थियो भने  सञ्चालन पत्रकार महासघंका सचिब दिनेश थापाले गर्नु भएको थियो लोकप्रिय नेत्रज्योतीको सामाजीक सञ्जाल,लोकप्रिय रेडीयो प्लानेट,रेडियो सिन्धु, रेडीयो सुनकोशी,  हेलम्बु एफएम र रेडीयो लोकप्रिय नेत्रज्योती लगायतका रेडीयोहरुबाट समेत प्रत्यक्ष प्रशारण गरिएको थियो 
 ।

, , , , , , , ,