जनताको दुःखमा कहिल्यै साथ छाडदिनः सभामुख सापकोटा

अर्जुन शर्मा,भदौ १० । 

सभामुख अग्निप्रसाद सपकोटाले जनताको दःखमा कहिल्यै पनि साथ नछोड्ने बताउनुभएको छ । 


बुधबार लिदीमा पहिरोबाट विस्थापित भएका १७२ घरधुरी स्थानान्तरण गरिएको जुगल गाँउपालिका वडा नं. १ बासखर्कमा राहत सामाग्री लिएर पुग्नुभएका सभामुख सापकोटाले उक्त कुरा बताउनुभएको हो । 

जनताको दुःख सुखमा साथ दिनको लागि म नेतृत्वमा पुगेको  हुँ तसर्थ कहिलै पनि तपाई आम आमाबुबा दाजुभाईलाइ परेको दुख र संकटको बेलामा साथ नछाड्ने प्रतिबद्धता गर्दछु उहाँले भन्नुभयो ।

हामी तपाइहरुकै दुःख साटन आएका हौँ र यो यो सुरुवात मात्र हो, हामी तपाईहरुको साथमा रहिरहने छौँ उहाँले भन्नुभयो ।  

सभामुख सापकोटाले संकटको बेलामा नेतृत्वको परिक्षण हुने समेत बताउनुभएको छ । पिडीतको पीडा साटन पुग्नुभएको सभामुखले  संकटको बेलामा गरेको कामको मुल्याङकन हुने समेत बताउनुभएको छ ।

यो हाल अस्थाइ स्थानान्तरण मात्रै हो तपाईहरुको स्थायी रुपमा नै स्थानान्तरण गर्न जग्गा प्राप्तिको लागि प्रधानमन्त्रीसंग भेटेर छलफल गर्छु उहाँले भन्नुभयो, संकटको बेलामा बढी प्रभावित बालबालिका रहेको हुनाले तत्काल रुपमा उनिहरुको व्यवस्थापनमा पहल गरिने र बिस्तारै प्राथमिकताको क्रममा सम्स्याको समाधान गरिने समेत उहाँले बताउनुभयो । 

सभामुख सँगै आउनुभएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेललले सिन्धुपाल्चोकमा पछिल्लो समयमा भइरहेको बाढि पहिरोको घटनाले दुः ख बनाएको बताउनुभयो । अब जिल्लामा रहेको जोखिम बस्तिहरुको अध्ययन गरि  तत्काल स्थानान्तरण गरिने हुँदा अब यस्तो बिपत्ति भोग्नु नपर्ने समेत उहाँले बताउनुभयो । 

उक्त टोलिमन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भुगर्भविद लेखप्रसाद भट्ट, जिल्ला तहका नेता तथा जनप्रतिनिधिको समेत रहनुभएको थियो । 

सभामुख सापकोेटाले जिल्लाको जुगल गाउँपालिकाको लिदी, बाह्रविसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको लार्चाका बाढी पहिरोबाट विस्थापित र प्रभावित भएकाहरुका लागि स्थानीय तहका जनप्रतिनिधिहरु मार्फत राहत सामाग्री समेत हस्तान्तरण गर्नुभएको छ । 

बाह्रबिसे र भोटेकोशी गाँउपालिकाको लागि सभामुख सापकोटाले उक्त स्थानीय तहका जनप्रतिनिधिलाई बन्देउमा हस्तान्तरण गर्नुभएको थियो भने जुगल गाँउपालिकाको लागि लागि भने बासखर्कमा नै सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

सभामुख सापकोटा मार्फत हस्तान्तरण गरिएको सामाग्रीहरुमा त्रिपाल, म्याट्रेस लगायत आधारभूत अस्थाई बसोबासका सामाग्री ३०० सेट, अस्थाई बसोबास निर्माणमा प्रयोगहुने औजार जम्मा ३०० सेट, यसैगरी भान्सा, खानपिन तथा सामान राखनधरन गर्न २४ किसिमका भाँडाबर्तन सहितको जम्मा १५० सेट, ब्लाङ्केट ३०० थान रहेको छ  ।

यसैगरी उनको ब्लाङ्केट,ज्याकेट र सल सहित न्यानो कपडा सेट ३०० थान, ,स्यानीटरी प्याड, ब्रस, १९ किसिमका आधारभूत स्वास्थ्य सामग्री सहितको १५० सेट, बेबी स्मल प्याक १५० सेट, बेबी बीग प्याक १५० सेट, ३७ किसिमका सरसफाई सामग्रीको सेट १५० थान ,बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत एउटा प्यानलबाट चार घरमा बत्ती बाल्न मिल्ने किसिमका १०० थान सोलार प्यानल सहयोग गरिएको सभामुखको सचिवालयले बताएको छ । 

सिन्धुपाल्चोक जिल्लामा २०७७ साल असार र साउन महिनामा मात्र बाढी र पहिरोका कारण ५४ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन् । त्यसैगरी १ सय ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।


, , , ,