पाँचपोखरीमा गर्भवतीको हेलिकप्टरबाट उद्धार

रुपक पुरी, 
बिहीबार सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पालधाप लेखर्ककी एक गर्भवतीलाइहेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
बिहिबार बिहान ८ बजेदेखि  स्थानीय स्वास्थचौकीमा भर्ना  गरिएकी ३४ वर्षीया पासाङ लामालाई स्वास्थचौकीबाट सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभएको छ ।
शिशुको टाउको ठूलो रहेको र मुटुको धड्कन सामान्य नरहेकोले तत्काल रुपमा नै हेलिकप्टरको व्यवस्था गरी काठमाडाँै पठाइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिनुभयो । पछिल्लो दिनमा आइरहेको अविरल वर्षाको कारणले सडकमा क्षति पु¥याएको कारण सडकबाट उद्धार गर्ने सब्भावना नभएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

, , , ,