चौतारा,भदौ १३ ।
बिश्व नै कोरोना माहामारीले आक्रान्त भइरहेको बेला जनसमुदायमा रगतको अभाव भइरहेको बेलामा नेवाः देय दबु महालक्ष्मी नगर समिती तथा नेपाल स्वयंसेवि रक्तदाता समाजको संयुक्त आयोजनामा ललितपुर जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान जिवनदान भन्ने मुल नाराका साथ शनिबार आयोजित उक्त रक्तदान कार्यक्रममा सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपाल तथा पशुपती अन्नपुर्णा आश्रमका अध्यक्ष स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक के. बि. सम्राट १०५ औं पटक पटक रक्तदान गर्नुभएको छ ।
यस्तै उक्त रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवि रक्तदाता समाजका अध्यक्ष वरिष्ठ समाजसेवी एवं पशुपती अन्नपुर्णा आश्रमका सल्लाहकार प्रेम सागर कर्माचार्य,पशुपति अन्नपुर्णा आश्रमका कार्यालय सचिव तथा सेभ द नेशन अनलाइन टिभी सम्बादाता नवराज सेढाई लगायत निकै मानिसहरुले रक्तदान गर्नुभएको थियो । उक्त रक्तदान कार्यक्रममा राष्ट्र संरक्षण साप्ताहिकका कार्यकारी प्रमुख अनिल पान्डेको समेत सहभागिता रहेको थियो ।