तिपेनी पहिरोको उच्च जोखिमका बासिन्दालाई बस्ती स्तानान्तरण

रुपक पुरी,तिपेनी साउन २० । 
पाँचपोखरि थाङ्पाल गाँउपालिका ८ तिपेनीमा पहिरोको उच्च जोखिममा परेको ३० घरपरिवारलाई सुरक्षीत स्थानमा  सारिएको छ ।
गत आईतबार देखि मुसलधारे बर्षातसंगै खसेको पहिरो  नरोकिएपछि स्थानिय सरकार र स्थानिय बासिन्दाको सहकार्यमा बस्ती स्थानान्तरण गरिएको हो । तिपेनी पुलवारिको अधिकांश भु भाग भुक्षय भैसकेको कारण उच्च जोखिममा परेको ३० घरपरविारलाई थप चुनौति नहोस भन्ने मनसायले बस्ति स्थानान्तरण गरिएको पाँचपोखरि थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले बताउनुभयो ।
पर्यटकिय स्थल पाँचपोखरि थाङपाल गाउपालिका मा आपतकालिन एम्बुलेन्स सेवा , सवारि साधन लगाएत पर्यटक हरु आवत जावत मा सास्ती हुन नदिन पालिका भित्र स्काभेटर खटाई बाटो खुलार्ईएको अध्यक्ष लामाले बताउनुभयो ।
पहिरोको उच्च जोखिममा रहेका स्थानिय बासि अहिले कोहि सुरक्षीत स्थानमा बसेका छन् र कोहि आफन्तको घरमा रहेका छन् ।

, ,