जिल्लामा कोरोना भाईरस व्यवस्थापन तयारी उत्कृष्ट छः सुचना अधिकारी तिवारी

तनहुँ जिल्ला तत्कालिन भानुमती गा. वि. स. वडा नं ९ हाल भिमाद नगरपालिका वडा नं ८, स्थाइ ठेगाना भई हाल नर्गाजुन न.पा. वडा नं १ काठमाण्डौमा बसोवास गनैु भएका सिन्धुपाल्चोक जिल्ला  स्थित स्वास्थ्य कार्यलयमा मिति २०७६/६/१४ देखी कार्यरत रहनु भएका र हाल  स्वास्थ्य कार्यलयका सुचना अधिकारीको  समेत जिम्मेवारी बहन गरि रहनु भएको छ । विद्यालय तहको अध्ययन श्री हिमालय मा. वि. भानुमती ९, तनहुँवाट भएको तत् पश्चात पृथ्वीनारायण क्याम्पस पोखरावाट स्नातक तहको अध्ययन (गणित विषय) त्रिभुवन विश्वविद्यालय वाट गणित र जनप्रशासन विषयमा स्नातकोत्तर( डीग्री) तह उत्र्तीण गरीसक्नु भएका जिल्ला  स्वास्थ्य कार्यलयमा तथ्याङ्क अधिकृत को पदमा रहनु भएका सुचना अधिकारी श्री कृष्णराज तिवारी सँग लोकप्रिय समाचार दैनिकका लागी नेत्रबहादुर बस्नेतले गर्नुभएको छोटो कुराकानीको अंशः


 १  तपाइ कर्मचारी क्षेत्रमा कहिले देखी प्रबेश गर्नु भयो र कँहा कँहा कसरी काम गर्नु भयो छोटकरीमा बताइ दिनुहोस न ? 

म २०६० साल देखि सरकारी सेवामा प्रवेश गरेको हुँ । त्यस भन्दा पहिला अध्ययन संग सगै विभिन्न विद्यालयमा अध्यापन कार्यमा कार्यरत रहेको थिए । २०६०÷६÷१४ देखि नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा अन्र्तगतको सहायक गणकको रुपमा  शाखा तथ्याङ्कक कार्यालय, नुवाकोट वाट सरकारी सेवा शुरु गरेको हो । त्यस पछी २०६३ देखी २०६५ साल सम्म सोही सेवाको तथ्याङ्क सहायकको रुपमा जिल्ला स्वास्थ्य कार्यालय मनाङ्गमा कार्यरत रहेर काम गरेको थिए ।

२०६५ देखि २०७२को कार्तिक महिना सम्म जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाण्डौ मा तथ्याङ्क सहायकको रुपमा कार्य गरेको र २०७२ कार्तिक देखि २०७५ श्रावण महिना सम्म जिल्ला स्वास्थ्य कार्यालय, रसुवामा कार्यरत रहेको  थिए ।

२०७५ श्रावण देखि  २०७५ चैत्र १३ सम्म केन्द्रीय तथ्याङ्क विभागमा तथ्याङ्क सहायकको रुपमा कार्यरत रही  कार्य गरेको थिए  ।

२०७५ चैत्र १४ गते देखि तथ्याङ्क अधिकृतमा समायोजन भई काठमाण्डौ महानगरपालिका,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,सामाजिक विकास मन्त्रालय हुदै २०७६ आश्विन ११ गते देखि यस स्वास्थ्य कार्यालयमा तथ्याङ्क अधिकृतको रुपमा कार्यरत रहेको छु  ।

२. तपाइको अहिले सम्मको अनुभव र आगामी उद्धेश्य बताइ दिनुहोस न ?

जुन सुकै कार्यालयमा कार्यरत रहेको भए पनि आफ्नो व्यक्तिगत लाभको भन्दा पनि कार्यालयको हितलाई ध्यानमा राखेर काम गर्नु पर्दछ ,सो अनुसार गर्दा केही न केही रुपमा व्यक्तित फाईदा पनि हुन सक्दछ । हिमाल पारिको जिल्ला र नेपालकै सबै भन्दा पछि पत्ता लागेको बस्ती भएको गाँउ फू सम्म पुगेर सेवा गर्दा नेपालका कुना कुनाका ,बस्ती बस्तीका खास गरी स्वास्थ्यको अवस्थाको वारेमा अध्ययन गने मौका मिलेको छ । मेरो खासमा एउटा राष्टसेवकको पदमा रहेर कुनै समुदाय तथा बस्ती, स्थानीय तह,प्रदेश तथा नेपालको समग्र स्वास्थ्य अवस्थाको आँकलन गरी नितीगत रुपमा योजना निर्माणमा सहजिकारण गर्ने हो । एउटा राष्ट सेवक भैसकेको ले मेरो व्यक्तिगत उद्धेश्य भन्दानी राज्यले दिएको जिम्मेवारी तथा लक्ष्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नै हो ।

३ तपाइलाई यस कार्यलयको तथ्याङ्क अधिकृत तथा कार्यालयको सुचना अधिकारी रही जिम्मेवारी  भएर काम गरिरहँदा कस्तो लागेको छ ? 

म सबै काम गर्न रुचाउने व्यक्ति भएकोले यो जिम्मेवारी पाएर काम गर्न पाउदा अवश्यनै  खुशी नहुनै कुरै भएन । कार्यालयको सम्पुर्ण सुचनाहरु खास गरी स्वास्थ्य व्यवस्थापन सुचना प्रणलीका स्वास्थ्य सुचकहरु संग खेलिरहदाँ समय तथा वर्ष वितेको पत्तो नै पाईदैन । हाल विश्व भरी  फैलिरहेको  कोभिड १९ को महामारी नेपालमा पनि महामारीको रुपमा नै रहेकोले  यस सिन्धुपाल्चोक जिल्ला भरीको महामारी व्यवस्थापनमा एकिृत सुचना व्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्वाह गरीरहदाँ नयाँ अनुभव प्राप्त भईरहेको छ ।

४ तपाइले यो क्षेत्रमा काम गरेर के के सफलता पाउँनु भयो ?

मैले के पाए भन्दा नि कार्याललाई के दिन सफल भए भन्ने नै हो , यस विचमा धेरै समय स्वास्थ्य कार्यालयमा रहेर स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीमा रहेर काम गरिरहदाँ ति जिल्लाको समग्र स्वास्थ्य व्यवस्थापनमा सुधार गरी समग्र स्वास्थ्य कार्यालयहरुको कार्यसम्पादन मुल्याङ्कनमा बढोत्तरी गराउन सहयोग गरेको छु । जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाण्डौमा रहदाँ सो जिल्ला ७५ जिल्ला मध्ये समग्र सुचकंकामा ५७ नं भएकोमा १ नं पुर्याउन सफलता मिलेको थियो । हाल स्वास्थ्य मन्त्रालय ले जिल्ला गत रुपमा सो मुल्याङ्कन प्रणाली नगरेको भए पनि बागमती प्रदेशको स्वास्थ्य सुचकांकमा राम्रो मध्येमा नै पर्दछ , यो कार्यमा मेरो पनि सफलता मान्नु पर्दछ।

५  स्वास्थ्य क्षेत्रमा जनप्रतिनीधीबाट यँहाले कामको कतीको सहजता पाउँँनु भएको छ ?

स्वास्थ्य क्षेत्र एक प्राविधिक विषय हो । राजनितिक प्रतिनिधि ज्यूहरुमा यो एउटा विकासको ऋयmउयलभलत  हो र यसले दिर्घकालिन फाईदा हुन्छ भन्ने कुराको बुझाईमा कमी भएकोले केही असहजता भएको महसुस भएको छ , यस को ज्वलन्त उदाहरण कोभिड १९ को क्वारेन्टाई तथा आईसोलेसन व्यवस्थापन नै हो । राजनितीक व्यक्ति मात्रै नभई हाम्रो समाजमा रहेको सडक,बाटो ,पुल, भवन वनाउनु मात्रै विकास हो भन्ने भावना ले उहाँहरु तत्कालिन प्रतिफल उपभोग गर्न मिल्ने तिर मात्रै लगानी चाहनुहुन्छ तर स्वास्थ्य र शिक्षामा गरीने लगानीको प्रतिफल प्राप्त गर्न समय लाग्दछ ,यसमा गरीने लगानी दिर्घकालिन हुने भएकोले उहाँहरुको बुझाईमा केही कमी भएकोले काममा असहजता भएको मात्रै हो, तर यस पटकको महामारीले उहाँहरुलाई केही पाठ अवश्य सिकाएको हुनुपर्दछ ।

६ यस क्षेत्रमा काम गर्दा पुरस्कार पाउँनु भयो  की भएन पाउँन, भयो भने के के कहाँ कहाँ कसरी पाउँनु भयो ?

मैले यस क्षेत्रमा रहेर काम गर्दा पाएको पुरस्कार भन्नु नै मेरो काम प्रती कार्यालय सुन्तुष्ट हुनु हो यस वाहेक  विभिन्न कार्यालयमा रहदाँ केही सम्मान तथा कदर पत्रहरु पनि प्रप्त गेको छु ।

७ अहिले सम्म तपाइले केके गर्नु भयो   बताइ दिनुहोस ?

मैले अहिले सम्म गरेका कामहरु सबै त यो छोटो समयमा बताउन सकिदै होला तर यस जिल्लामा रहेर गरेको सबै भन्दा महत्वपुर्ण कामको रुपमा कोभिड १९ को जिल्ला भरीको सुचना व्यवस्थापन नै हो । महामारी व्यवस्थापनमा सही सुचना  समयमै प्राप्त गर्नु अत्यन्त आवश्यक मानिन्छ सो मैलै पुरा गरी रहेको छु ।

८  यस जिल्लामा कोरोनाभाइरस फैलन नदीन  कँहा कँहा के कस्ता ब्यबस्था भएका छन ?

यस जिल्लामा कोरोना भाईरस फैलन नदिनका लागि सबै स्थानीय तहहरुमा विदेशवाट आएका तथा अन्य जोखिममा रहेका जिल्ला तथा स्थानिय तहहरुवाट यस जिल्लामा प्रवेश गरेमा सम्बन्धित स्थानीय तहरुले १४ दिन सम्म क्वारेन्टाईमा राख्ने   RT-PCR  परिक्षण गर्ने यदि नेगेटिभ भएमा घर पठाउने र पोजेटिभ भएमा आईसोलेसनमा स्वास्थ्य कर्मीको निगरानीमा राख्ने व्यवस्था गरिएको छ साथै सबै स्थानीय तहहरुमा ( नगरपालिकामा २ र गाँउपालिकामा १ ) स्वास्थ्य प्रविधिकहरुको संलग्नतामा Case investigation and contract tracing team (CICTT) गठन गरीएका छन र जिल्ला स्तरमा स्वास्थ्य कार्यालयमा रेपिड रेस्पोन्स टिम (RRT) रहेको छ , यो टिमले यदि कुनै स्थानमा कोरोना संक्रमित भेटिएमा सो संक्रमितको सम्र्पकमा रहेका व्यक्तिहरको खोज पड्ताल तथा अनुशन्धान गर्ने कार्य र स्वाव नमुना संकलनगरी परिक्षणका लागि पठाउने । यसरी कोरोना संक्रमीतहरुलाई समुदायमा फैलन नदिने गरी स्वास्थ्यका मापडण्डहरु कार्यान्यनमा लगिएको छ ।

९. हाल देखिएको महामारीको  उपचार गर्र्न कसरी र  कहाँ कहाँ के के काम भइरहेको  रहेको छ बताइदिनुहोस न ?

हाल जिल्लाका सबै स्थानीय तहहरमा रहेका क्वारेन्टाईनमा सम्भावित विरामीहरुलाई राखेर उपचार गरीएको छ भने संक्रमण पुष्टी भएका संक्रमित विरामीहरुलाई उनीहरको स्वास्थ्य अवस्थाको आधारमा यस जिल्लामा रहेका विभिन्न आईसोलेसन हरुमा राखेर स्वास्थ्य कमीहरुको निगरानीमा राखेर उपचार गर्ने व्यवस्था गरीएको छ । हाल जिल्लामा ७८९ ( बेड )वटा क्वारेन्टाईन कक्षहरु रहेका छन भने ६१ ( बेड) वटा आईसोलेसन कक्षहरु रहेका छन ।

१०. हाल जिल्लामा समग्रमा राम्रा र नराम्रा  पक्ष  के के देखीएका छन ?

समग्रमा भन्नु पर्दा यस जिल्लामा कोरोना भाईरस व्यवस्थापन राम्रो संग भईरहेको छ । हाल सम्म २०७७।५।६ गते सम्म ८६ जना संक्रमित मध्ये ७४ जना ( ८६.१ प्रतिशत ) निको भई घर जान भएको छ भने ३ जना (३.४ प्रतिशत ) को दुखद मृत्यु हुन गएको छ  भने अन्य ९ जना उपचाररत रहनु भएको छ ।

आगामी दिनमा आईसोलेसन कक्षहरुको विस्तारमा विशेष ध्यान दिनु पर्ने देखिन्छ ।

११. अन्तमा तपाइले भन्न छुटाएका कुरा हरु के छन ?

अन्तमा, यस नाम नै लोकप्रिय रहेको सिन्धुपाल्चोकको लोकप्रियसमाचार दैनिक  लोप्रिय,अनलाईन प्रकाशनले मेरा केही भावनाहरुलाई समेट्ने प्रयास गर्नु भएकोको धेरै धेरै धन्यवाद दिन चाहन्छु । समाजमा सत्य तथ्य सुचनालाई जनमानस सम्म पुर्याउने राज्यको चौथौ अंगको रुपमा रहनु भएको यस लोकप्रियसमाचार दैनिक  लोकप्रिय अनलाईन खवरले सिन्धुवासीहरुमा सुचनाको पहँुचलाई टोल टोल, र समाज पुर्याई जनजागरण गराउनुहुनेछ भन्ने आशा राख्दछु । धन्यवाद । 


, , , , , ,