पार्टीको हरेक तहमा अनुशासनको कमिः अमृत बोहोरा

अर्जुन शर्मा, साउन २६ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका प्रमुख एवम पुर्ब मन्त्री अमृत कुमार बोहोराले पार्टीका माथिन्लो निकाय देखि तल्लो तहसम्मको हरेक तहमा अनुशासनको कमि भएको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको एक कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । सोमबार भएको नेकपा क्षेत्र नं १ प्रदेश (क) द्वारा आयोजित बैठकमा बोल्नु हुँदै बोहोराले उहाँले पार्टीमा सैद्धान्तिक भन्दा पनि ब्यक्तिगत टकराबका कारण समस्या पैदा भएको बताउदै स्वेच्छाचारीता बढेकोमा चिन्ता समेत ब्यक्त गर्नु भएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीलाई इन्कित गर्दै उहाँले  हरेक नेता कार्यकर्ता बैठकबाट भाग्न नहुने बिचार  ब्यक्त गर्नु भएको छ ।

यस्तै उक्त बैठकमा पुर्ब कानुन मन्त्री एवम क्षेत्र नं २ का सांसद शेर बहादुर तामाङले पार्टी भित्र सामान्य समस्या रहेको र पार्टी एक ढिक्का बनाउन बिबिध प्रयासहरु भइरहेको बताउदै पार्टी एकताका लागि गरिएका प्रयत्नहरु बाहिर नआएकोमा आश्चर्य प्रकट गर्नु भएको छ ।

पुर्वमन्त्री तामाङले जनभावना बिपरित गतिविधि गर्ने नेता कार्यकर्ता आफैं समाप्त हुने समेत बताउनु भयो । सो बैठकमा पुर्ब सांसद सुबास कर्माचार्य, जिल्ला कमिटी अध्यक्ष झम्क नेपाल, प्रदेश कमिटी सदस्य अमृता नेपाल लगायतले आफ्ना बिचार राख्नुभएको थियो । 


, , , ,