पुर्व मन्त्री बस्नेतको पिता प्रती श्रदान्जली


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतका पिता खडगबहादुर बस्नेतको निधन प्रती नेपाली काग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमिती,बाह्र्बिसे नगरपालीका , सुनकोसी गाँउपालीका, इन्द्रावती गाँउपालीका लगाएतले  विज्ञप्ति प्रकाशित गरेर पुर्व मन्त्री बस्नेतलाई पर्न गएको शोक प्रति दुःख व्यक्त गरेका छन् ।

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको ८४ बर्षको उमेरमा गएराती भएको निधनको खबरले आफूलाई दुःखित तुल्याएको बताउँदै दिवंगत बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जी अर्पण गर्नुभएको छ ।
उहाँले नेता मोहनबहादुर बस्नेत लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । पुर्ब मन्त्री शेर बहादुर तामागंले नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको ८४ बर्षको उमेरमा गएराती भएको निधनको खबरले आफूलाई दुःखित तुल्याएको बताउँदै दिवंगत बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जी अर्पण गर्दै मोहनबहादुर बस्नेत लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

 यसै गरी  बाह्र्बिसे नगरपालीकाका प्रमुख निमफुञ्जो शेर्पाले कुशल र समाज सेवी बस्नेतको निधनले सिगो नगरलाइ पिडा भएको जनाउँनु भएको छ ।  यसै गरी नेपाली काँग्रेसका जिल्ला पाटी सभापती बिकाश लामाले बस्नेतको निधन प्रति  गहीरो दुख ब्यक्त गर्दै श्रदान्वली ब्यक्त गर्नु भएको छ भने शोकाकुल परिबार प्रती समबेदना ब्यक्त गर्नु भएको छ । त्यसै गरि क्षेत्र नं १ का क्षेत्रीय सभापती बालकृष्ण बस्नेतले पनी आफु लगाएत आफ्नो पार्टीलाइ ठुलो क्षती पुगेको बताउँर्द गहीरो दुख ब्यक्त गर्नु भएको छ । 

बस्नेत ८४ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौको मनमोहन अस्पतालमा निधन भएको थियो ।  वहाँको दाह सस्कार गर्ने कार्यक्रम बार्हबिसेमा हजारौको उपस्थितीमा भइरहेको छ । 

फोटो नबराज भट्टराइको फेसबुकबाट 


, , , ,