अपाङगता भएका आदिवासी महिलाहरुलाई राहत बितरण

नेत्रबहादुर बस्नेत, साउन २१ ।
राष्ट्रिय आदिवासी जनजाती अपाङग महिला सघं नेपालको सहयोग र आदिवासी जनजाती महिला उत्थान केन्द्रको सहकार्यमा अपाङता भएका आदिवासी जनजाती महिला तथा अशक्तहरुलाई राहत र स्वास्थ्य किट व्याग वितरण गरिएको छ । 
नगरपालिका भित्रका ५० जना महिलालाई प्रति महिला चामल १ बोरा, रातो दाल २ केजि र स्वास्थ्य सम्बन्धि किट व्याग गरि जम्मा १ लाख ६० हजार बराबरको सामाग्रि बितरण गरिएको शान्तिथिङ तामाङले जानकारी दिनुभएको छ । 
मंगलबार भएको उक्त कार्यक्रमका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख अमानसीं तामाङले अपाङग भएकाहरुलाई हामी सबै मिलेर सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । उहाँले सामाग्रि हस्तान्तरण गर्दै भन्नुभयो, “अपाङग र अशक्तलाई हामीले सहयोग गर्नुुपर्छ र उनीहरुलाई साथ र सहयोग गरेमा सपाङग व्यक्तिले जस्तै क्रियाकलाप गर्न सक्छन् ।” उनिहरुको हकहितको लागी सबै एकजुट हुनुपर्ने समेत उहाँको भनाई रहेको थियो । नगरपालिकाको तर्फबाट यस आर्थिक वर्षका अपाङगता तर्फको नेतृत्व र कार्यक्रमलाई बजेटमा १० लाख छुटाएको समेत तामाङले बताउनुभयो । 
त्यस्तै कार्यक्रमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नंं. ५ का वडाध्यक्ष नरमान श्रेष्ठले  अपाङगता भएका महिलाहरुको हकहितमा केन्द्र सरकारद्धारा नै ध्यानकर्षण गनुपर्ने र स्थानिय तहमा कार्यक्रमहरु गर्न र गराउन उनीहरुको अधिकार शुनिश्चित गर्नु पर्ने बताउनुभयोे ।
राष्ट्रिय आदिवासी जनजाती अपाङग महिला सघं नेपालकी अध्यक्ष प्रतिमा गुरुङले स्थानिय सरकारलाई  मायाको चिनो प्रदानसँगै वैधानिक दस्तावेज आ.ज.म.म. सहकार्य संस्था, वडा अध्यक्ष र नगर प्रमुखलाई सुम्पिनु भएको थियो ।
सो कार्यक्रमलाई २ सेसनमा सम्पन्न गरिएको थियो औपचारिक कार्यक्रम पश्चात समिती गठन पनि गरिएको छ  सो समितिमा अध्यक्ष सरिता तामाङ, उपाध्यक्ष सन्चमाया तमाङ, कोषाध्यक्ष केशरी तामाङर सचिव सुशिला श्रेष्ठ र सदस्यहरु गरी ९ जना रहनुभएको छ । सो समिति सरीता तामाङको अगुवाइमा गठन गरिएको हो । 
कार्यक्रममा विभिन्न सघंसंस्थाका प्रतिनिधि लगायत सरोकारवाला, बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो भने अपाङगता भएका महिलाहरु ४८ जना र २ जना पुरुष गरी जम्मा ५० जना थिए । त्यस्तै कार्यक्रममा सामुदायिक विकास तथा वातावरण संरक्षण मन्चका प्रतिनिधि, अपाङगता महिला समुहका संयोजक जानुका धिताल, सिन्धु मानव अपाङग संथाका लुमडि पौडेल, आदिवासी जनजाती महासंघका उपाध्यक्ष हरि श्रेष्ठ आदिवासी जनजाती महिला महासंका सचिव रिना श्रेष्ठ र अपाङगता भएका किशोर किशोरीहरु तथा उनीहरुको अभिभावक र बुद्धिजीवीहरुको समेत उपस्थिति रहेको थियो । 
कार्यक्रमको सहकार्य आदिवासी जनजाती महिला उत्थान केन्द्रद्धारा गरिएको थियो यस संस्थाले निडवान संग सहकार्य गर्न पाउँदा निकै प्रभावकारी हने हुँदा, आदिवासी महिलाहरुको हकहितमा र अपाङगता भएको महिलाहरुको लागि संगै हातेमाले गदै जानुपर्ने आदिवासी जनजाती महिला उत्थानकी उपाध्यक्ष पानमाया तामाङले बताउनुभयो । सो कार्यक्रमाको सन्चालन तथा उदघोषण शान्तिथिङ तामाङले गर्नु भएको थियो ।

, , ,