प्रहरीद्धारा सेवाग्रहीको उजुरी सुन्ने ब्यबस्था


 नेत्र बहादुर बस्नेत , प्रहरी प्रधान कार्यलयले नागरिकले पाउँने  सेवामा कमी हुन नदिन र सेवा सँम्बन्धी कुनै समस्या भएमा तत्काल सुनुवाइ गर्ने कार्यक्रम अगाडी बढाएको छ ।
यस सम्बन्धमा सुचना नै जारी गरेर प्रहरीले सबैसाधरणलाइ जानकारी गराएको छ । प्रहरी कार्य सम्पादन सम्बन्धमा सेवाग्राहीहरुको उजुरी र गुनासो तत्कालै उचित तवरबाट सम्बोधन गरी प्रहरी सेवालाई थप चुस्त, दुरुस्त एवं विश्वसनिय बनाउने क्रममा प्रहरी कर्मचारीहरुबाट हुन सक्ने कमि ,कमजोरी लापरवाही एंव आर्थिक अनियमितता तथा गैह्र(व्यवसायिक कार्य, सुरक्षासँग सम्बन्धित लगायत अन्य विषयहरुमा सुचना र जानकारी लिन र दिनका लागि “सम्पर्क गर्न सकिने माध्यमहरु” सम्बन्धी प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय प्रहरी निरीक्षणालयबाट पर्चा समेत तयार सर्वसाधारण नागरीकहरुलाई जानकारी गराएको छ ।


, , , , , ,