जुगल ५ बराम्ची र सुनकोशी ७ जामुनेमा ‘सील’

अर्जुन शर्मा,चौतारा, साउन २५ । 

जुगल गाउँपालिका वडा नंवर ५ र सुनकोशी गाउँपालिका वडा नंवरर ७ को साबिक पाङग्रेटार गाविस वडा नं. ५ जामुने सील गरिएको छ ।

आइतबार बसेको जिल्ला कोभिड– १९ विपद् व्यवस्थापन केन्द्रको बैठकले अर्को निर्णय नभए सम्मका लागि यी दुई वडा सील गर्ने निर्णय गरेको हो । सो स्थानहरुमा आइतबारबाट मानिसको आवत जावत र सवारी साधनको आवत जावत पूर्ण रुपमा बन्द गरिएको छ । 

सुनकोशी गाउँपालिकाको जिरी जाने सडकको उतरतर्फ १ किमि देखि लप्सेखोलासम्म, पश्चिममा १ किमि देखि २ किमिसम्म, पूर्वमा उक्त स्थानको लप्सेखोलासम्म र दक्षिणतर्फ पितामे टोलसम्मको चार किमि भित्र सील गरिएको हो  । 

कोरोना संक्रमण देखिएका प्रहरी पुरुष साउन १६ गते घर आएर १८ गते फर्किएको देखिएका थिए । २१ गते बनेपामा स्वाब संकलन गरि गरिएको परिक्षणका उहाँमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिएपछि उहाँको घर रहेको जामुनेका ४० भन्दा बढी व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलनको आइतबार नै गरिएको वडाध्यक्ष ईश्वर तिमल्सिनाले जानकारी दिनुभयो  ।।

यस्तै सिल गरिएको जुगल गाँउपालिकाको बराम्चीका स्थानीयको पनि कन्ट्याक्ट ट्रेसिङ गरी आइतबारै स्वाब संकलन गरिएको छ  । जुगलमा सल्यानबाट आएका दुई शिक्षकमा कोरोना संक्रमण देखिएको थियो । शिक्षक धेरै जनासँग सम्पर्क, भेटघाट गरेको पाइएकाले कन्ट्याक्ट ट्रेसिङ गरेर रिपोर्ट नआउन्जेलसम्म सील गरिएको हो ।

, ,