शिक्षकहरुका लागि अनलाइन आइसीटी तालिम सुरु


चौतारा, भदौ १५ ।

प्रबिधिमैत्री शिक्षक सामाज नेपाल, सिन्धुपाल्चोकले तीन हप्ते शिक्षकहरुका लागि शिक्षणसिकाइमा आधारित अनलाइन आइसीटी तालिम कार्यशाला सुरु गरेको छ । 


भाद्र ११ गतेदेखि सुरु भएको तालिम ३१ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन प्रबिधि मैत्री शिक्षक समाज नेपाल का अध्यक्ष भूपति वस्यालले गर्नुभएको थियो । हरेक दिन बेलुकी ८ः०० देखि ९ः३० बजेसम्म सञ्चालन हुुने उक्त कार्यशालामा कम्प्युटर सम्बन्धी आधारभुत सीपमा आधारित भइ कार्यशालाको विषयवस्तु निर्धारण गरिएको छ । 

पहिलो चरणमा कक्षाकोठा र विद्यालयको नियमित क्रियाकलापमा सघाउ पुग्ने आधारभुत सीपमा आधारित रहेपनि आगामी दिनमा थप विषयवस्तुलाई समेटेर तालिमहरु सञ्चालन गर्दै जाने र शिक्षण सिकाइमा शिक्षकहरुको क्षमता विकासमा निरन्तर सक्रिय भइरहने प्रबिधिमैत्री शिक्षक समाज, नेपालको मुख्य उद्देश्य रहेको समाजका जिल्ला अध्यक्ष कृष्ण ढुंगानाले जानकारी दिनुभएको छ । 

कोभिड १९ का कारण तत्कालका लागि पठनपाठन प्रभावित भएको भए पनि शिक्षकको क्षमता विकासका यस्ता कार्यले आगामी दिनमा शैक्षिक गुणस्तर सुधारमा महत्वपुर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

, ,