सामुदायिक वन दिवसको अबसरमा चौतारामा रक्तदान

अर्जुन शर्मा,चौतारा, साउन २५ । 

सामुदायिक वन दिवसको अबसरमा चौतारामा बृक्षारोपण, सरसफाई तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । 

आइतबार सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुपाल्चोक र डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको संयुक्त आयोजनामा सामुदायिक वन दिवस २०७७  को अबसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम आइतबार बिहान चौतारा साँगाचोकगढी नगरपालिका स्थीत नारायण स्थानमा रहेको वाल उद्यानमा बिक्षरोपण गरिएको थियो भने दिउसो रक्तदान कार्यक्रम गरिएको थियो । 

रक्तदान कार्यक्रममा भने रक्त संचार सेवा केन्द्र भक्तपुर र नेपाल रेडक्रस सोसाइटी चौतारा उपशाखाले प्राविधक सहयोग गरेको थियो ।

सो कार्यक्रका प्रमुख अतिथी जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तमाङले वन तथा वातावरणको संरक्षण गर्दै सहि तवरबाट बनको उपयोग गर्नपर्नै कुरामा जोड दिनुभएको छ । उहाँले भन्नुभयो “सिन्धसपाल्चोक जिल्लमा बन क्षेत्र अन्य जिल्लाको तुलनामा धेरै रहेको छ यसको सहि रुपमा सदुपयोग गर्नको लागि जिल्लाका सम्पुर्ण सामुदायिक बनहरुलाई वन तथा वातावरणको प्राविधीक अध्यान केन्द्रको रुपमा विकास पर्छ । र यसको लागि पहल गर्न जरुरी रहेको छ ।”

प्रमुख तमाङले दोस्रो चरणको रक्तदान कार्यक्रमको बोल्दै बिश्वनै आक्रान्त बनिरहेको यस बिषम परिस्थितिमा  रगतको अभाव भैइरहेको यस अबस्थामा आयोजना गरिएको यस महान कार्य प्रसंसनिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो–सामुदायिक वनको अभियान्ता रहेको सिन्धुपाल्चोक जिल्लाले सामुदायिक वन दिवसको अवसरमा गरिएको रक्तदानले कयौंको जिवन दानमा सहयोग पग्नेछ । 

यस्तै कार्यक्रममा डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका साहायक अधिकृत तुलाराम घिमिरेले जिल्लामा रहेको बनजंगलको संरक्षरण र बिक्षारोपणमा सबैले सहयोग गर्नुपर्ने र गरिरहेको बताउदै सामुदायिक वन दिवसको अबसरमा गरिएको रक्तदान कार्यक्रममा पहिलो भएको बताउनुभयो । 

सो रक्तदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ, जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटा, डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका साहायक अधिकृत तुलाराम घिमिरे, लोकप्रिय समाचार दैनिकका कार्यकारी सम्पादक अर्जुन शर्मा लगायत ४७ जनाले रक्तदान गर्नुभएको थियो ।

लकडाउन पश्चात चौतारामा यो दोस्रो रक्तदान कार्यक्रम हो । त्यसै गरी सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, वाग्मति प्रदेश सदस्य नेत्रप्रसाद धितालले सामुदायिक वन दिवस २०७७ जिल्लामा सप्ताहव्यापी रुपमा मनाउन लागिएको बताउनुभयो ।

, , ,