सफल भविष्य खोज्ने विधार्थीका लागी उत्कृष्ट गन्तव्य मनास्लु

लोकप्रिय समाचार, भदौ २ । 

शिक्षा क्षेत्रमा सक्रिय ढंगले योगदान पु¥याइरहेका शिक्षाप्रेमी युवा उद्यमीहरुद्वारा स्थापना र सञ्चालनमा आएको मनास्लु वल्र्ड कलेज बहु–आयामिक शैक्षिक कार्यक्रमहरु लिएर नेपालमा शिक्षा क्षेत्रमा परिष्कृत र परिमार्जित योगदान दिने उदेश्यका साथ अघि बढिरहेको छ ।

 काडमाण्डौको केन्द्र एवम् शैक्षिक हव समेत मानिने चाबहिल चुच्चेपाटीमा अवस्थित मनास्लु वल्र्ड कलेज आधुनिक प्रतिस्पर्धी विश्व बजारमा बिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको हो ।

प्रविधिको उच्च प्रयोग गरि प्रयोगात्मक अनि व्यवहारिक शिक्षामा विशेष जोड दिँदै विद्यार्थीलाई दक्ष जनशक्तीको रुपमा निर्माण गर्ने प्रभावशाली योजनाका साथ स्थापित मनास्लु वल्र्ड कलेज अरु शैक्षिक संस्था भन्दा विल्कुलै नयाँ छैन तर विशेष र फरक पक्कै छ । शिक्षा क्षेत्रकै विकास र समृद्धिमा अहोरात्र मेहनत गरिरहेका निकै जुझारु अनि प्रवुद्ध व्यक्तित्वहरुको सोच, संस्कृति र मार्गदर्शनबाट सिंचित मनास्लु वल्र्ड कलेजले नेपालको शिक्षा क्षेत्रमा छुट्टै अनि दरिलो उपस्थिति जनाउने छ भन्ने कुरा अनुमान लगाउन त्यत्ति गाह्रो छैज । किनकी मनास्लु वल्र्ड कलेजका संस्थापक समुह शिक्षा क्षेत्रमा एक कदम अघि बढिसकेकाहरुको सफल समुह हो । 

वर्तमान विश्वमा विद्यार्थीलाई किताबी ज्ञान मात्रै होइन जीवन उपयोगी र व्यवहारिक शिक्षा दिनुपर्दछ भन्ने मुख्य अवधारणाबाट निर्दिष्ट संस्थापक समुह विद्यार्थीलाई सोही अनुसारको शिक्षा प्रदान गरि देशकै लागि युवा उद्यमशिल र दक्ष जनशक्ती उत्पादन गर्ने रणनीतिका साथ लागिपरेको छ । 

प्लस टु मा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षा संकायको अध्यापन गराइने मनास्लु वल्र्ड कलेज नयाँ र उत्कृष्ट कलेज खोज्ने र अध्ययन पछि केही बन्न चाहाना राख्ने हरुका लागि उपयुक्त गन्तव्य बन्न सक्दछ ।

, ,