नेपालको पत्रकारिता क्षेत्रमा कोरोनाको गम्भीर असर

चौतारा, भदौ ५ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड–१९) को गम्भीर असर नेपालको पत्रकारिता क्षेत्रमा देखिएको छ । नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्य स्थित बर्नमोथ विश्वविद्यालले संयुक्त रुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिक रुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादन समेत घटेको देखाएको छ । 

गत बुधबार काठमाडौंबाट भर्चुअल समारोहका बीच अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्नुभयो । सो क्रममा उहाँले प्रतिवेदनले पत्रकारहरुलाई आर्थिक कठिनाई परेको कुरा तथ्यगत रुपमा देखाएको बताउँदै सरकारले समाचार संस्थहरुसँग छलफल गरी कोरोना राहत कोषबाट पत्रकारहरुलाई सहयोग गर्न सकिने बताउनुभयो । समाजलाई प्रेरणा दिने पत्रकारहरु नै जोखिम, चिन्ता र चरम निराशामा पर्नु दुख लाग्दो विषयभएको उल्लेख गर्दै उहाँले विमा र अन्यभौतिक सुरक्षापत्रकारहरुलाई प्रदानगर्ने दायित्व मिडियाको पनिभएको र यसकालागि सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो । 

त्यसैगरी नेपाल पत्रकार महासंघको अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघले पनि कोभिड १९ ले पत्रकारहरुमा परेको प्रभावबारे अनुसन्धान गर्न लागेको बताउँदै  सार्वजनिक प्रतिवेदनले आगामी खोज अनुसन्धानलाई आधार सिर्जना गरेको उल्लेख गर्नुभयो ।  

यसका लागि पत्रकारहरुलाई लक्षित गर्दै विक्रम सम्बत २०७७ असार २६ देखि साउन ९ गते सम्म देशका सात वटै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुने गरी १,१३४ जना क्रियाशील पत्रकारहरुका बीचमा गरिएको सो सर्वेक्षणले अधिकांश पत्रकारहरुको मानसिक स्वास्थ्यमा असर पु¥याएको देखाएको छ । सर्वेक्षणमा सहभागी ८३ प्रतिशत पत्रकारहरुले जोखिमको अनुभूतिमा वृद्धि भएको, ७५ प्रतिशत पत्रकारहरुले चिन्ता बढेको र ६२ प्रतिशत पत्रकारहरुले आफूहरु दुःखमा परेको अनुभुति भएको प्रतिक्रिया दिएका छन् ।२५ प्रतिशत पत्रकारले आफूहरु चरम निराशाबाट ग्रसित रहेको समेत उल्लेख गरेका छन् ।

त्यस्तै पत्रकारहरु चरम आर्थिक मारमा परेको सर्वेक्षणको नतिजाले देखाएको छ । सर्वेक्षणमा सहभागी ७४ प्रतिशत पत्रकारहरु आर्थिक रुपमा प्रभावित भएका छन् जसमध्ये ३८ प्रतिशतले आफूहरु पारिश्रमिक कटौतीमा परेको बताएका छन् ।

सर्वेक्षणमा विपत्सँग जुध्ने पत्रकारहरुको क्षमतालाई स्वमूल्यांकनको आधारमा नेट प्रोमोटर स्केल विधिबाट मापन गरिएको थियो जसले पत्रकारहरुमा विपतको तयारी कमजोर रहेको देखाएको छ । पत्रकारहरुलाई तालिम लगायतका क्षमता विकासमा स्रोत साधनको लगानी आवश्यक रहेको समेत प्रतिवेदनमा औल्याइएको छ । त्यसबाहेक विपतको समयमा पत्रकारिता क्षेत्रको क्रियाशीलताका लागि सरोकारवालाहरुको लागि विभिन्न सिफारिस समेत सर्वेक्षण प्रतिवेदनमा गरिएको छ । 

, , , ,