शिक्षा नीतिको प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै बागमती प्रदेशले माग्यो सुझाव

अर्जुन शर्मा, चौतारा, भदौ ९ । 

बागमती प्रदेश सरकारले प्रदेशको शिक्षा नीतिको प्रारम्भिक मस्यौदा सोमबार सार्वजनिक गरेको छ ।

 प्रदेश सरकारले उक्त प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सुझाव समेत माग गरेको छ । सामाजिक विकास मन्त्रालयले मस्यौदा सार्वजनिक गर्दै १५ दिनभित्र सुझाव माग समेत गरेको हो । 

प्रदेशको शिक्षा नीति माथि सबै सरोकारवालाको अपनत्व गराउने उदेश्यले सुझाव माग गरिएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनुभएको छ । मस्यौदा माथिको सुझाव प्राप्त भएपछि प्रदेश सरकारले शिक्षासम्बन्धी विधेयक पनि बनाउने मन्त्री दुलालले बताउनुभयो । 

सुझाव मन्त्रालयमै बुझाउन वा इमेल ठेगानामा पठाउन सकिने छ । प्रदेशको शिक्षा नीतिको प्रारम्भिक मस्यौदा मन्त्रालयको वयवसाइमा राखिएको छ । 


, , ,