र्याप गीत “बाउन्स ब्याक”को भिडियो सार्वजनिक

जनार्दन नेपाल,साउन १८ । 
गायक तथा सर्जक सविन भट्टराई र बिमल गौतमको स्वर रहेको उत्प्रेरणा मुलक र्याप गीत ’बाउन्स ब्याक’को भिडियो सार्वजनिक भएको छ । 
सविन भट्टराई कै शब्द, बिमल गौतमको संगीत र सन्जु सुनुवारको संगीत संयोजन रहेको उक्त गीतको भिडियो Singer Jhuma Niroula नामक  युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।  
सविनले यस भन्दा अगाडि आफ्नै शब्द तथा स्वरमा बजारमा ल्याएको ’इस तलाई भोट’ बोलको ¥याप गीतले पनि सर्बत्र चर्चा कमाउन सफल भएको थियो । उक्त गीत चुनाव नजिकै रिलिज भएको र गीत जनताको पक्षमा भएकोले बिभिन्न ब्यक्तिबाट आफुलाई गीत हटाउन दवाब समेत आएको सविनको भनाइ छ । तर यस पटक भने आलोचनात्मक भन्दा पनि अलि फरक उर्जाशिल सृजना रहेको सर्जक भट्टराई बताउँछन्। 
आफ्नो पहिलेको गीतमा जस्तै ’बाउन्स ब्याक’लाई पनि दर्शक स्रोताले मन पराउनेमा आफु ढुक्क रहेको सविनले बताए । जीवन उपयोगी,उत्प्रेरणा तथा उर्जाशील यस गीतले विश्व भर फैलिएको कोरोना भाईरस (कोभिड (१९) ले निरास भएका मानिसहरुलाई उत्प्रेरणा प्रदान गर्ने समेत सविनको भनाइ छ ।
 द्दम् एनिमेसन तथा ग्राफिक्स डिजाईन  द्वारा तयार गरिएको यस भिडियोको भिजुअल ग्राफिक्स निराजन सिंह ठकुरी,निर्देशन नारायण तिमल्सिना गोर्खालीले गरेका हुन् भने मिसन ईन्टरटेनमेन्ट प्रा.लि. ले पोष्ट प्रोडक्सन तथा निर्माण गरेको हो।

, , , ,