पुर्वमन्त्री बस्नेत सहित उहाँका परीवार सबैको रिपोर्ट नेगेटिभ

चौतारा , भाद्र ३ ।

पुर्व मन्त्री तथा नेपाली काग्रेस केन्द्रिय सदस्य मोहन बस्नेत सहित उहाँका परीवारको ८ जना सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

 ह्रयाम्स अस्पतालका स्वास्थ्यकर्मीले मंगलबार आएर लिएको रिपोर्ट नेगेटिभ आएको हो । उहाँहरु  ८ जना को नै  रिपोर्ट नेगेटिभ आएको हो । यसैबिच बुधबार पनि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाई सहितको टोलिले बस्नेत सहित सहित ५३ जनाको स्वाब संकलन गरीएको छ ।

यसअगि मलामि गएका र नजिकका आफन्तको स्वाब संकलनका क्रममा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।साउन २३ गते ८४ बर्षको उमेरमा बस्नेतका पिताको महाराजगन्जको मनमोहन अस्पतालमा निधन भएको थियो । 

उहाँको शव गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे ल्याएर उहाँको चाहना अनुसार दाहसस्कार गरीएको थियो । निधन भएको ६ दिनपछि अस्पततालले कोरोना भएको पुष्टि गरेको थियो ।

, , ,