पहिरोबाट प्रभावित नगरबासीको घर दैलोमा पुगे नगरप्रमुख अर्याल

चौतारा, भदौ १२ । 

मेलम्ची नगरपालिकाले बर्षात पछि आएको पहिरो र बाढीबाट प्रभावित नगरबासीहरुको नगर प्रमुख डम्बर अर्यालले घर दैलोमा पुगेर अनुगमनको थालनी गर्नुभएको छ ।

९ गते बसेको नगर बिपद ब्यबस्थापन समितिको निर्णय बमोजिम जोखिमयुक्त घर तथा बस्तीको नगर प्रमुख डम्बर अर्याल सहितको टोलिले शुक्रबारबाट अनुगमन थालनी गरेको हो ।

तत्काल बाढीपहिरोबाट बिस्थापित भएका तथा जोखिममा रहेका बस्तीहरुको पहिचान गरिने र तत्काल समाधानका उपायहरु अपनाउने र आवश्यक सहयोगको लागि जिल्ला बिपद ब्यबस्थापन समिती र प्रदेश सरकारलाई समेत विवरण पठाइने नगर प्रमुख अर्यालले जानकारी दिनुभयो ।

कार्यदलमा उपप्रमुख भगवती नेपाल, ६ नं वडाध्यक्ष जितराज थापा ,३ का अध्यक्ष वसन्त गुरुङ, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङ रहनुभएको छ । कार्यदलले १५ दिन भित्र प्रतिवेदन पेश गर्ने भवन तथा बिपद ब्यबस्थापन शाखाका प्रमुख इन्जिनियर जित बहादुर कार्कीले बताउनु भएको छ ।


, , ,