गैसस महासंघ सिन्धुपाल्चोकको ध्यानाकर्षण

लोकप्रिय समाचार, चौतारा,भदौ १३ । 

सामाजिक संस्थाले समुदायमा कोरोना फैलाएको भन्ने टीप्पणी प्रति गैसस महासंघको ध्यानाकर्षण गराएको छ  ।


 गैर सरकारी संस्था माहासंघ सिन्धुपाल्चोकले एक बिज्ञप्ति निकाल्दै गहिरो ध्यानाकर्षण भएको जनाएको हो ।

एक सामाजिक संस्थाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संचारमाध्यम र सामाजिक सञ्चालमा आएका नकारात्मक टिप्पणीप्रति गहिरो ध्यानाकर्षण भएको प्रेस बिज्ञप्तिमा जनाएको छ ।

महासंघले नकारात्मक र भ्रम फैलाउने टिका टिप्पणीले आम समुदायमा सकारात्मक सन्देश भन्दा पनि त्रास फैलाउने भन्दै यस्तो गम्भीर विषयमा सबै पक्षबाट सकारात्मक सन्देश संम्प्रेषण हुनुपर्ने जनाएको छ ।

कोरोनाबाट संक्रमितलाई उच्च मनोबल बनाउने र संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य तीव्र रुपमा गर्न पनि महासंघले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । कोरोनाबाट संक्रमित अभियन्ताहरुलाई कोरोनासँग लड्न सकारात्मक शक्ति प्राप्त होस् विज्ञप्तिमा भनिएको छ ।

उक्त संस्थाले देश लकडाउनमा रहेका बेला र संक्रमणको जोखिम रहेकै बेला तालिममा सहभागि हुन  ४ कर्मचारी पठाएको थियो । चितवन तालिममा सहभागी हुन गएका संस्थाका ४ कर्मचारीमा संक्रमण देखिएको थियो ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ४ जना कर्मचारीमा पनि संक्रमण देखिएपछि उक्त संस्थाका कर्मचारीले संक्रमण फैलाएको भन्दै संचारमाध्यम र सामाजिक संजालमा व्यापक विरोध भएको थियो ।

, , ,