स्थानिय स्तरमा हुने उत्पादनलाई मुख्य आयश्रोत बनाउन पुर्व मन्त्री तामाङको जोड

अर्जुन शर्मा, साउन २८ । 

स्थानिय स्तरमा हुने  उत्पादनलाई मुख्य आयश्रोत बनाउन पुर्व मन्त्री शेरबहादुर तामाङले जोड गर्नुभएको छ ।


जिल्ला सम्मन्वय समिति सिन्धुपाल्चोकको आयोजनमा जिससको सभाहलमा भयको पालिकाहरुको बार्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भयको हो ।

उहाँले संघ ,प्रदेस, स्थानिय जुन सरकार भए पनि खर्च गर्ने बजेट भनेको आन्तरिक राजस्व हो , स्थानिय स्तरमा यो  कसको पावरको बजेट यो के हो यो कसरी आयो भन्नू भन्दा पनि आ–आफ्ना पालिकामा आयको बजेट आ–आफ्नै पालिकाको बिकासका लागि भयकाले यसको सहि सदुपयोग गर्न सबै लागि पर्नु पर्ने बताउनु भयो । 

उँहाले  राजिनितिक दलले पैसा  बाँड्ने होईन बिकासका लागि राज्यको ढुकुटि प्रयोग हुन्छ त्यो ढुकुटिमा स्थानिय स्तरमा हुने उत्पादनलाइ मुख्य आयको रुपमा लिन पर्ने भयकाले अरुको भरमा होईन अब पालिकाहरुफे आफ्नै पालिकामा हुने नगदे बालिलाइ प्रोत्साहान दिन पर्ने बताउनुभयो ।

 उहाँले भन्नुभयो , नेपालमा हज्जारौ  नगदे महङ्गा जडिबुढी पाईन्छ हामिले त्यसलाई नचिनेर  खेर फालिरहेका छौ यस तर्फ पनि ध्यान दिदै स्थानिय आयश्रोतमा नै सरकार केन्द्रित रहन पर्ने बताउनु भयो ।  उहाले बजेटलाइ उत्पादनमुलक काममा प्रयोग गर्न पर्ने बताउनु भयो ।

यस्तै सोही कार्यक्रमको सम्बोधन गर्दै माननिय शरेस नेपालले  असारको अन्तमा सडक खन्ने अनि असारमा खनेका सडकका कारण पहिरोले  जनधनको क्षेति  पुर्याउने गरेको मा दुःख व्यक्त गर्नुभएको छ । उहाँले सडक, निर्माण गर्दा नालि र ढलको समेत ब्यबस्था गर्न नसक्नु, छिटो छिटो सडक को काम सम्पन्न गर्न पर्ने भयकाले पनि यस्तो परिस्थति आयको हुँदा असोज, कार्तिक देखि नै बिकासका बामहरु शुरु गरेर चैत बैशाखमा नै सम्पन्न गरि सक्न पर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिले जिल्ला भित्रका १२ वटै गाँउपालिका, सरकारी कार्यालय र सरकारी तथा गैरसरकरी संस्थाले गरेका बार्षिक प्रगतिको बिबरण प्रस्तुत प्रगती प्रतिबेदनलाई रेकर्ड तयार गर्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश सरकारलाई बुझाउने जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभएको छ ।

मंगलबार जिल्ला भित्रका ३ नगरपालिका र ९ पालिका मध्ये बाह्रबिसे नगरपालिका, शुनकोशी गाँउपालिका, बलेफि गाँउपालिका, त्रिपुरासुन्दरी गाँउपालिका र भोटेकोशी गाँउपालिका गरी ४ पालिकाले भने प्रगति प्रतिबेदन प्रस्तुत गर्न सकेनन् । आज सरकारी कार्यालयको र भोलि जिल्लामा संचालित सरकारी तथा गैरसरकारी संस्थाले गत बर्षमा गरेका कार्यप्रगतिको प्रस्तुत गरिने तय भएका छ । 


, , , , , ,