हेलम्बु गाउँपालिकाको सम्भावित वडा शिल

रुपक पुरी , साउन २६ ।

हेलम्बु गाउँपालिकामा कोरोना भाइरस देखिएको भन्दै गाउँपालिकाको वडा नम्वर   १ को विभिन्न स्थानहरुमा शिल गरेको छ । गत २१ गते हेलम्बु बाट काठमाडौ गइ २२ गतेको पिसिआर परिक्षणमा हेलम्बु स्थाइ घर भएका १ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि उक्त स्थान शिल गरिएको हो ।

 हेलम्बु गाउँपालिका वडा नम्बर १ को साविक ३,४,५,६ र ७ नम्बर वडा शिल गरिएको गाउँपालिकाले जारी गरेको सार्वजानिक सन्देशमा उल्लेख गरिएको छ । साथै सो भेगका कुनै पनि नागरिकलाइ अति आवश्यक काम नपरि घर ननिस्कन समेत आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा अहिले सम्म कोरोना भाइरस पोजेटिभ भएका ब्यक्ति फेला परेका थिएनन् ।

साउन २१ गते सार्वजनीक सवारीको प्रयोग गरि काठमाण्डौ गएका उनको साउन २२ गते पिसिआर परिक्षणको लागि नमुना लिइएको थियो । उहाँको आज पोजेटीभ नतिजा आएको हो । लकडाउन अवधिभर घरमा नै बसेका उहाँ कुनैपनि हुलमुल हुने स्थानमा नगएको बताउनुहुन्छ ।

२१ गते काठमाण्डौं जाने क्रममा नै विभिन्न नाकामा चार ठाँउमा फरकफरक सवारी साधनको प्रयोग गरि गएको सोही क्रममा नै संक्रमण भएको हुनसक्ने गाँउपालिकाले अनुमान गरेको छ ।

यसरी हरेक नाकामा गाडी फेर्दा संक्रमणको जोखीम बढेकोले या त सार्वजनीक यातायात नै बन्द गर्नुपर्ने या त एउटै गाडीमा काठमाण्डौसम्म जानुपर्ने व्यवस्था मिलाइनुपर्ने हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

कोरोना नतिजा पोजेटिभ आएपछि विर अस्पताल पुगेका उहाँलाई अस्पतालले भर्ना नलिइकन घर पठाइदिएको छ । कोरोनाको कुनै पनि लक्षण नदेखिइकनै परिक्षण गरिएको उहाँ अस्पतालले भर्ना लिन नमानेपछि अहिले आफन्तको घरमा नै बसिरहनुभएकोछ ।

काठमाण्डौंमा  उहाँ फेरी ट्याक्सी चढेर आफन्तको घर गोकर्णेश्वर, जोरपाटीमा फर्कीएकोले झन जोखीम बढेको अध्यक्ष शेर्पाले बतानुभयो । ‘विर अस्पताल जस्तो सरकारी अस्पतालले भर्ना विरामीको भर्ना लिदैन भने अरुबाट के अपेक्षा गर्ने ?’ अध्यक्ष शेर्पाले प्रश्न गर्नुभयो । यसबाट संक्रमण फैलीने संभावना झन् बढेको उहाँले बताउनुभयो ।

, , ,