थुम्पाखरमा पहिरोले ३२ घर जोखिममा
रुपक पुरी ,भदौ १० ।
पहिरोले ३२ घर जोखिममा बुधबार बिहान सुनकोशी गाउँपालिका ६, थुम्पाखरको सुन्दरडाँडा मुनि रहेको देवीस्थानमा भीषण पहिरो जाँदा ३२ बढी घर उच्च जोखिममा परेको छ । स्थानीय रामशरण बोहोराका अनुसार निरन्तर पहिरो झरिरहेको छ ।
गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन् । गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको बोहराले बताउनुभयो ।
उहाँका अनसुार विद्युतका पोलहरू बगाउनुका साथै खेतबारी समेत बगाउन थालेको छ । वडा नं. ६ का अध्यक्ष रामकुमार थापाका अनुसार स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्न थालिएकोे छ ।