लोकप्रिय समाचार, भदौ ८ ।
चर्चित गायक तथा संचारकर्मी भिमसेन खतिवडा र गायिका राधिका ढकालको प्रस्तुतिमा नयाँ लोक दोहोरी गीत ‘मायाको कसम ‘ बजारमा सार्वजनिक भएको छ ।
उक्त गीतमा स्वर भिमसेन खतिवडा र राधिका ढकाल संगसंगै उहाहरुलाई सुर्यमणी आचार्य र सिता खपाङगीले पनि साथ दिएका छन् भने गीत मेलम्ची मीडिया नामक युटुब च्यानलबाट बजारमा आएको छ ।
रुद्र केसी र खतिवडा आफैको शब्द रहेको सो गीतमा संगीत पनि खतिवडा स्वयं कै रहेको छ भने गीतलाई एरेन्ज नरेन्द्र बियोगीले गरेका छन् । गीतमा अनु पराजुली र सुरज श्रेष्ठको उत्कृष्ट अभिनय रहेको छ । भिडियोलाई निर्देशन मिलन फ्लिम्सका निर्देशक मिलन श्रेष्ठले गरेका छ्न ।
धेरै गीतहरु गरिसकेका गायक खतिवडाले फेरी पनि छमछाम नचाउने काठे गीत ‘मायाको कसमु लिएर आयका छन् । गीतमा एक प्रेमी जोडीलाई घरबार गर्न ढिला भएको बिषयलाई उठान गरिएको छ ।
हेर्नुहोस भिडियो : https://youtu.be/7NWG4qYApFA