पहिरोले घर पुरेका परिवारलाई पालिकाले ५ लाख दिने

लोकप्रिय समाचार, भदौ १४ । 

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ६ धुसेनीमा पहिरोले घर पुरिएर विस्थापित भएका परिवारलाई लाख घर बनाउन प्रति परिवारलाई सुनकोसी गाउँपालिकाले ५ दिने भएको छ । 


आइतबार बिहान गएको पहिरोमा ४  घर पुरिएका थिए घर पुरिएकाहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिसकिएको छ ।  आइतबार नै  पीडित परिवार समक्ष पुगेर गाउँपालिका अध्यक्ष श्रवण जिसीले घर बनाउन प्रतिपरिवार ५ लाख दिने घोषणा गर्नुभएको हो ।

 यो । अहिले तत्काल सुरक्षित स्थानान्तरणका लागि ३० बन्डेल जस्ता र ६ वटा टेण्ट गाउँपालिकाले दिएको छ । सेना र प्रहरीले पहिरोमा घर पुरिएका परिवारका लागि अस्थायी आवास निर्माण गरिसकेका छन् ।

आइतबार बिहान गएको पहिरोमा घर पुरिएका ४ परिवारका १६ जनालाई वडा ,गाउँपालिका, सेना र प्रहरीको सहयोगमा सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो ।  

पहिरोमा परि खिल बहादुर भण्डारी, सिताराम भण्डारी, इबहादुर भण्डारीको घर पुरिएको थियो । त्यसैगरि पहिरोको जोखिममा रहेका नौ घर परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ । जोखिमका कारण घर छाडेर छिमेकीका घरमा बास बस्दै आएका कारण मानविय क्षति हुनबाट जोगिएको पीडित स्थानीय ईबहादुर भण्डारीले बताउनुभयो । 

यस्तै जुगल गाउँपालिका ६ साविक गुन्सा २ मा पहिरोले १० घर उच्च जोखिममा देखिएको छ । आज वडा अध्यक्ष जागा तामाङ सहितको टोलि प्रभावित बस्तीमा पुगेको थियो । आफुहरु उच्च जोखिम मोलेर बसेको भन्दै वडा अध्यक्ष संग तत्काल त्रिपालको ब्यवस्थापन मात्र गरीदिए सुरक्षित ठाउँमा जान सकिने उनिहरुले बताएका छन् । अध्यक्ष तामाङले तत्काल त्रिपाल उपलग्ध गराउने समेत प्रभावित संग प्रतिवद्धता जनाउनुभएको स्थानिय दुर्गा श्रेष्ठले जानकारी दिनुभयो ।

, , ,